भक्तपुर र कास्कीमा ५ जनाको उम्मेदवारी बदर
काठमाडौँ । भक्तपुर र कास्कीका ५ जना उम्मेदवारको उम्मेदवारी बदर भएको छ । २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचीबाट उनीहरुको नाम अझै नहटाएकाले उनीहरुको उम्मेदारी बदर भएको निर्वाचन आयोगले जनाएको छ ।
‘पाँचै जनाको अघिल्लो निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचीमा नाम रहेको पाइयो । आयोगको कम्प्युटर रेकर्डमा बन्द सूचीमा नाम भेटिएपछि उनीहरुको नाम बदर भएको हो,’ निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
यसरी उम्मेदवारी बदर हुनेमा भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा (क)तर्फको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका
आमुल परिवर्तन पार्टीका उम्मेदवार डिल्ली चौलागाई र राप्रपा संयुक्तका रामशरण लामिछाने रहेका छन् ।
त्यस्तै प्रतिनिधि सभा सदस्यतर्फ कास्की निर्वाचन क्षेत्र नम्बर –२ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गजेन्द्र सङ्बो लिम्वु, राष्ट्रिय नागरिक पार्टीका नवराज घले तथा राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जसवन्त बिक्रम शाहको उम्मेदवारी बदर भएको हो ।
लिम्बु, घले र शाहको पनि समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेकाले उनीहरुको उम्मेदवारी बदर भएको निर्वाचन आयोगले जनाएको छ ।
मंसिर १४ गते प्रतिनिधि सभा सदस्य १ तथा प्रदेश सभा सदस्यमा ३ पदसहित ५२ पदका लागि मतदान हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण