राफेल मुद्दा : सर्वोच्च अदालतले नरेन्द्र मोदीलाई दियो राहत
एजेन्सी । भारतको सर्वोच्च अदालतले आइतबार राफेल खरिद सम्झौतासम्बन्धी मुद्दाको पुनरविचार गर्न परेको मुद्दालाई खारेज गरिदिएको छ । मुख्य न्यायाधीश रन्जन गोगाई, न्यायाधीश एस.के.कौल र न्यायाधीश के.एम.जोसेफको बेन्चले यसअघि अर्थात सन् २०१८ डिसेम्बर १४ सुनाएको फैसलालाई यथावत राखेको छ ।
सर्वोच्च अदालतले यस मुद्दामा थप जाँच तथा बहसको आवश्यकता नरहेको बताएको छ । सर्वोच्च अदालतले पछिल्लो वर्षको फैसलामा राफेल सम्झौतामा अपनाइएको प्रक्रियालाई सही बताएर सरकारलाई क्लिनचिट दिएको थियो ।
त्यस निर्णयविरुद्ध वकिल प्रशान्त भूषण, पूर्वमन्त्री यशवन्त सिन्हा र अरुण शौरीसमेत अन्यले राफेल सम्झौता सम्बन्धमा भ्रष्टाचार जाँचको माग गर्दै याचिका दायर गरेको थियो । अदालतले पुनरविचार निवदेनमा सुनुवाई मे १० मै सकाएर फैसला सुरक्षित राखिएको थियो । त्यही निर्णय हाल सार्वजनिक गरिएको हो ।
उता राफेल मुद्दाका सम्बन्धमा सर्वोच्च अदालतको निर्णयलाई राहुलले विगतमा गलत तरिकाले पेश गरिएको भन्दै अदालतले राहुललाई सतर्क रहन भनेको छ । राफेल सम्झौतामा मोदी सरकारले घोटला गरेको भन्दै विपक्षी दलका अध्यक्ष राहुल गान्धीले ‘चौकीदार चोर है’ भन्ने नारा लगाएका थिए ।
भाजपा सांसद मिनाक्षी लेखीले राहुल विरुद्ध अपमानको मुद्दा दर्ता गराएकी थिइन् । Photo:english.sakshi.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण