मन्दिरको धर्मशालामा बास बस्न पुगेका युवकको मृत्यु, पहिचान खुल्न सकेन
सोमबार, ०९ मङ्सिर २०७६, ०९ : ३३
निकेश खनाल
बर्दिवास । महोत्तरीमा सोमबार बिहान एक युवक मृत फेला परेका छन् । नाम थर नखुलेको मधेशी मुलका जस्तो देखिने अन्दाजी ३० वर्षका युवक बर्दिवास नगरपालिका–१४ मा रहेको श्रीकामेश्वरनाथ महादेव मन्दिर परिसरमा मृत भेटिएका हुन् ।
आइतबार साँझ मन्दिर परिसरको धर्मशालामा बास बस्न पुगेका उनी सोमबार बिहानै मृत भेटिएका हुन् । बालाचतुर्दशी पर्वको अवसरमा आइतबार राती मन्दिर परिसरमा दिप प्रज्वलन गर्न गएका भक्तजन भजन किर्तन गर्दै नाचिरहेका बेला उनी मानिस नजिकै बालिएको आगो तापिरहेको प्रत्यक्षदर्शीको भनाई छ ।
ती युवकले मृत्यु हुनुपुर्व बान्ता गरेको देखिएको बर्दिवास प्रहरीले जनाएको छ । शवलाई पोस्टर्माटमका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाने तयारी भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण