बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

लोकतन्त्रको रक्षाका लागि काँग्रेस जित्नुपर्छ : नेता सिंह

सोमबार, ०९ मङ्सिर २०७६, २१ : ३२
सोमबार, ०९ मङ्सिर २०७६

पोखरा । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कास्की क्षेत्र नं। २ मा नेपाली काँग्रेसलाई जिताएर लोकतन्त्रको पक्षमा सकारात्मक सन्देश दिन आम मतदातालाई आग्रह गरेका छन् । 
     
नेपाली काँग्रेसको पोखरामा सोमबार आयोजित चुनावी सभामा उनले मुलुकलाई लोकतान्त्रिक पद्धति अनुरुप अगाडि बढाउन काँग्रेस जित्नु जरुरी रहेको बताए ।

नेता सिंहले कालापानी, लिपुलेकको विषयमा सरकार ठोस् रुपमा अग्रसर नभएको आरोप लगाउँदै लोकतन्त्रको पक्षमा देश विदेशमा सकारात्मक सन्देश दिन काँग्रेस जित्नु पर्नेमा जोड दिए । 
    
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियताको विषयमा काँग्रेसलाई कसैले पाठ सिकाइरहन आवश्यक नपर्ने भन्दै विकास र समृद्धिका जति ठूला कुरा गरे पनि नेपाली काँग्रेसकै पालामा बनेको गोरेटोमा मुलुक अघि बढिरहेको उल्लेख गरे । 
    
पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली काँग्रेसको मुख्य शत्रु भ्रष्टाचार, बलात्कार, हिंसा र लम्पसारवाद भएको भन्दै यसबाटमुक्ति पाउन पनि काँग्रेसले चुनाव जित्नुपर्ने आवश्यकता औंल्याए । 
    
नेपाली काँग्रेसका नेतृ एवं सांसद विन्दादेवी राना र नेता देवराज चालिसेले यो चुनाव पार्टी–पार्टी, उम्मेदवार–उम्मेदवारबीचको होइन, भ्रष्टाचार विरुद्ध र लोकतन्त्रको रक्षाका लागि निकै महत्वपूर्ण रहेको बताए । 
    
उम्मेदवार खेमराज पौडेलले संविधान, राष्ट्रियता र लोकतन्त्र रक्षा गर्नका लागि आफ्नो उम्मेदवारी भएको भन्दै आपूmले जनता सामु गरेका वाचा कहिल्यै नभुल्ने बताए । 

कार्यक्रममा पूर्वमन्त्री भीमसेनदास प्रधान, कास्की काँग्रेस सभापति कृष्ण केसी, नेता शुक्रराज शर्मा, महिला नेतृ शारदा पौडेल, क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला मधु, पोखरा–११ का वडा इकाइ सभापति बोधराज घिमिरे र सचिव वसन्त कोइराला लगायतले बोललेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप