तमिलनाडुमा भारी वर्षाः १७ जनाको मृत्यु

एजेन्सी । भारतको तमिलनाडु राज्यमा सोमबार भारी वर्षापछि घरका पर्खाललगायतका संरचनाहरु भत्किँदा चार परिवारका कम्तीमा १७ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण सोमबार बिहान ती व्यक्तिहरु सुतिरहेको अवस्थामा घरको पर्खाल भत्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
भारतीय दक्षिणी राज्य तमिलनाडुको गाउँमा भएको सो घटनामा दुई बालबालिकासहित १७ जनाको मृत्यु भएको जनाइएको छ । मुसलधारे वर्षापछि सो घटना भएको प्रहरी स्रोतले एएफपी समाचार समितिलाई सो जानकारी दिएको छ ।
स्थानीय समयानुसार सोमबार बिहान ५ः३० बजे सो घटना भएको टाइम्स अफ इन्डिया दैनिकले जनाएको छ । भारतमा घरलगायतका संरचना भत्किनु एक सामान्य घटनाको रुपमा रहेको पाइन्छ । कमजोर संरचनाहरूका कारण यस्तो घटना हुने गरेको विज्ञहरुको भनाई छ । गत जुलाईमा मुम्बईमा भएको यस्तै घटनामा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको थियो । -एएफपी/Photo: ANI
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पल र नीतिको रोमान्टिक अवतारमा खिचियो ‘चाहिँदैन मोहर’
-
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
-
मिथुन चक्रवर्तीको घर अवैध, वैध प्रमाणित गर्न नसके भत्काइने
-
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक निर्णायक उपलब्धि सावित हुने प्रचण्डको विश्वास
-
रियलले भित्र्यायो बोर्नमाउथका युवा डिफेन्डर
-
आईपीएल : आरसीबी फाइनल पुगेमा टोलीको हौसला बढाउन एबी डे भिलियर्स भारत आउने