सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

महिला ह्याण्डबल : नेपाल, बङ्गलादेश, भारत र पाकिस्तान सेमिफाइनलमा

शुक्रबार, २० मङ्सिर २०७६, १८ : ३४
शुक्रबार, २० मङ्सिर २०७६

पोखरा  । पोखरा रङ्गशालामा जारी १३ औँ सागअन्तर्गत महिला ह्याण्डबलमा नेपाल, बङ्गलादेश, भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । समूह ए बाट भारत समूह विजेता र पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । समूह बी बाट नेपाल समूह विजेता र बङ्गलादेश उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । 

सेमिफाइनलमा नेपाल र पाकिस्तान तथा भारत र बङ्गलादेश फाइनलका लागि भिड्ने छन् । महिला ह्याण्डबलको समूह चरणको अन्तिम खेलमा भारत र बङ्गलादेश आआफ्नो खेल जित्दै सेमिफाइनल पुगेको हो ।

पहिलो खेलमा भारतले पाकिस्तानलाई ४५–२४ ले हराउँदै समूह विजेता बन्यो । भारत र पाकिस्तानबीचको खेल विजेता र उपविजेताको लागि मात्र थियो ।

समूह बीअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले श्रीलङ्कामाथि ३४–१३ गोलको जित निकालेर समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

नेपालले भने श्रीलङ्का र बङ्गलादेशसँगको लगातार दुई खेल जित्दै समूह चरणको विजेता बनेर सेमिफाइनल पुगिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप