आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

शरीरमा भिटामिन डीको कमी भयो भने के हुन्छ ?

सोमबार, २४ वैशाख २०८१, १२ : १४
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । अहिलेको हाम्रो जिन्दगी निकै भागदौडपूर्ण छ । व्यस्तताका कारण हामी आफ्नै लागि पनि खासै समय निकाल्न सकिरहेका छैनौँ । यो हाम्रो स्वास्थ्य र शरीर दुबैका लागि निकै हानिकारक साबित हुन सक्छ । स्वास्थ्य राम्रो बनाउन शरीरलाई कयौँ खाले भिटामिनको आवश्यकता पर्दछ । यिनै मध्ये एक हो भिटामिन डी ।

हाम्रो शरीरले नियमित रूपमा भिटामिन डी कसरी पाउँछ ? भिटामिन डीको प्राकृतिक स्रोत सूर्यको किरण हो । सूर्यको किरणमा प्रचुर मात्रामा भिटामिन डी पाइन्छ । यसबाहेक हामीले आफ्नो आहारमा केही विशेष चीजहरू समावेश गरेर पनि भिटामिन डीको पूर्ति गर्न सक्छौँ ।

 किन महत्त्वपूर्ण छ भिटामिन डी ?

भिटामिन डीले हाम्रो शरीरलाई स्वस्थ राख्छ र हड्डी बलियो बनाउँछ । शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई पनि यसले बलियो बनाउँछ । क्यान्सरजस्ता रोगसँग लड्न मद्दत गर्छ । भिटामिन डीको कमीलाई हटाउन मेडिकल स्टोरहरूमा क्याप्सुल पनि पाइन्छ । यसको सेवनबाट पनि शरीरमा भिटामिन डीको कमीलाई पूरा गर्न सक्छौँ । ध्यानमा राख्नु पर्ने कुरा चाहिँ के छ भने यी क्याप्सुलहरू खानु अघि चिकित्सा परामर्श आवश्यक छ ।

भिटामिन डी को प्रकार–

१. भिटामिन डी २ (एग्रो क्याल्सी फेरोल)

भिटामिन डी२  मानव शरीरमा पाइँदैन । यो भिटामिन बिरुवाबाट प्राप्त गर्न सकिन्छ । बिरुवाहरूले सूर्यको पराबैंगनी किरणहरूको सहायताले यो भिटामिन उत्पादन गर्छ ।

२) भिटामिन डी३ (कोलेकैल्सिफेरोल)

यो भिटामिन मानव शरीरमा मात्र उत्पादन हुन्छ । सूर्यको किरण मानवको छालामा परेपछि यो भिटामिन बन्छ । माछा खाएर पनि यो भिटामिनको पूर्ति गर्न सकिन्छ ।

भिटामिन डीको कमीका लक्षणहरू

–ब्लड प्रेसर

– थकान महसुस भइरहने

– जोर्नी र हड्डीमा दुखाई

–शरीर चाउरी पर्नु

–डिप्रेसन र तनाव हुनु

–मांसपेशी कमजोर हुनु

–मधुमेह हुनु

–क्यान्सरको जोखिम

–रोग प्रतिरक्षा कमजोर हुनु

–बच्चाहरूमा रिकेट्स रोग लाग्नु

–हड्डी नरम हुनुु

पोषणको कमीका कारण पनि भिटामिन डीको कमी हुन सक्छ । एक तिहाइ मानिसमा यो समस्या देख्न सकिन्छ । सामान्यतया यो समस्या बच्चा र वयस्क मानिसहरूमा हुन्छ । प्रायः बन्द कोठामा बस्ने मानिसहरूलाई भिटामिन डीको कमी धेरै हुने गरेको छ । दूध, दही, घिउ, घिउ जस्ता दूधजन्य उत्पादनहरूको सेवन कम गर्ने वा खाँदै नखाने मानिसहरूलाई पनि भिटामिन डीको कमी हुन्छ ।

फाष्ट फूड र जंक फूडको अत्यधिक सेवन पनि यसको एउटा कारण हो । कुनै रोग लागेर घर बाहिर निस्कन नसक्ने वा रातिको सिफ्टमा काम गर्नेहरूमा पनि भिटामिन डीको कमी हुन सक्छ । साथै गर्भवती महिला र शाकाहारी खानामा पौष्टिक खाना समावेश नगर्नेहरूमा पनि भिटामिन डीको कमी भएको पाइन्छ ।

भिटामिन डी कमी भयो भने के हुन्छ ?

भिटामिन डीको कमीले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन थाल्छ र हामी चाँडै थाक्छौं । शरीर निकै कमजोर भएको महसुस हुन थाल्छ । यसले गर्दा हामी छिट्टै बिरामी पर्न थाल्छौँ र हाम्रो शरीरको हड्डी र दाँतमा पीडा हुन्छ । 

भिटामिन डी कसरी प्राप्त गर्ने?

भिटामिन डी शरीरको विकासका लागि जरुरी भिटामिन हो । शरीरमा भिटामिन डीको कमी भएमा रिकेट्स रोग लाग्न सक्छ । घामको किरणमा बस्दा हाम्रो शरीरले भिटामिन डी पाउँछ । यो हाम्रो शरीरको लागि फाइदाजनक हुन सक्छ । विशेष खालका खानेकुराबाट पनि भिटामिन डी प्राप्त गर्न सक्छौँ । शरीरलाई विभिन्न प्रकारका रोगबाट बचाउन र भिटामिन डीको कमीलाई हटाउन आफ्नो नियमित आहारमा अन्डा, सुन्तला, दूध, च्याउ, दही आदि खानेकुराहरू समावेश गर्न सकिन्छ ।

१. अण्डा

अण्डाको पहेँलो भागमा भिटामिन डी प्रचुर मात्रामा पाइन्छ । त्यसैले पनि हामीले अण्डा खानुपर्छ । हरेक दिन एउटा अण्डा खानु वेश हुन्छ ।

 २. दूध

हामीले दूधबाट पनि धेरै पोषक तत्त्व पाउँछौँ । दूधमा क्याल्सियम र भिटामिन डी प्रचुर मात्रामा पाइन्छ । भैँसीको भन्दा गाईको दूध भन्दा बढी पोसिलो हुन्छ ।

३. च्याउ

धेरै मान्छेलाई च्याउ मनै पर्दैन । तर यो हाम्रो शरीरका लागि निकै फाइदाजनक हुन्छ । हामीले च्याउ खानुपर्छ । चिसो मौसममा बजारमा च्याउ सजिलै पाइन्छ । यो भिटामिन  बी१, बी२, बी५, भिटामिन सी र भिटामिन डीको राम्रो स्रोत हो ।

४. दही

हामीले दैनिक दही खानुपर्छ । यो पनि हाम्रो शरीरको लागि फाइदाजनक छ । यसको सेवनले हाम्रो शरीरले भिटामिन डी र क्याल्सियम त पाउँछ नै यसले पाचन प्रक्रियालाई पनि सुधार्छ ।

५. माछा

मांसाहारीहरूले आफ्नो आहारमा माछा समावेश गरेर भिटामिन डीको पूर्ति गर्न सक्छन् । यसमा भिटामिन ए र भिटामिन बी १२ पनि पाइन्छ ।

६. सुन्तला

सुन्तला भिटामिन सी को स्रोत हो भन्ने हामीमध्ये धेरैलाई थाहा छ । तर यसको सेवनबाट हामीलाई पर्याप्त मात्रामा भिटामिन डी पनि प्राप्त हुन्छ । त्यसैले आफ्नो आहारमा सुन्तला पनि समावेश गर्नुपर्छ ।

७. बोक्रा नफ्याँकिएको अन्न

मुंग, चना आदिमा भिटामिन डी पाइन्छ । यसलाई रातभर भिजाएर बिहान खानुपर्छ । आफ्नो भोजनमा बोक्रा नफ्याँकिएको अन्न, गहुँ आदिलाई पनि समावेश गर्नुपर्छ । गहुँको पिठोको रोटी बनाएर खान सकिन्छ । यो हाम्रो लागि लाभदायक छ ।

८. ओट्स

ओट्समा भिटामिन डी पर्याप्त मात्रामा पाइन्छ। यसमा फाइबर पनि पाइन्छ । यसले हामीले खाएको खाना पचाउन सघाउँछ ।

 ९. मासु

मांसाहारी भोजन मन पराउने मानिसहरूले मासुबाट पर्याप्त मात्रामा भिटामिन डी पाउँछन् ।

घाममा बस्नुस्

बिहानको घाम हाम्रो शरीरका लागि फाइदाजनक हुन्छ । भिटामिन डीको पूर्तिका लागि हरेक दिन बिहान करिब आधा घण्टा घाममा बस्नुपर्छ । सूर्यको किरणमा भिटामिन डी त पाइन्छ । तर अत्यधिक रूपमा घाममा बस्दा घामले छाला डढ्ने जस्ता समस्या निम्तिन सक्छ । त्यसैले बिहान केही समय मात्रै सूर्यको किरण सिधै छालामा पर्ने गरी बस्नुस् ।

उपचार

भिटामिन डीको कमीबाट बच्न आफ्नो जीवनशैली परिवर्तन गर्न आवश्यक छ । हामी सबैलाई हरेक दिन ६०–१००० आईयू भिटामिन डी चाहिन्छ । यसले हाम्रो शरीरलाई स्वस्थ राख्छ र भिटामिन डीको कमी हुँदैन । भिटामिन डीको कमीको उपचार यसको लक्षणमा निर्भर हुन्छ । परीक्षणपछि शरीरमा भिटामिन डीको स्तर कस्तो छ भन्ने थाहा हुन्छ । यसकै आधारमा डाक्टरले उपचार प्रक्रिया सुरु गर्दछन् । भिटामिन डीको कमी कत्तिको छ भन्ने कुरा रगत परीक्षणबाट पत्ता लगाइन्छ । त्यसपछि चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गरेर नियन्त्रण हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप