आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राज्यमन्त्री कार्की उपेन्द्रकै पक्षमा

सोमबार, २४ वैशाख २०८१, १२ : १९
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको पक्षमा रहेका भनिएका राज्यमन्त्री समेत रहेका दीपक कार्कीले आफू संस्थापन (उपेन्द्र यादव) पक्षमै रहेको बताएका छन् । कार्कीका प्रमुख स्वकीय सचिव रामनारायण कापडले सोमबार विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा आएका समाचारको खण्डन गरेका छन् । 

‘अत्यन्त भ्रामक जानकारी सम्प्रेषण भइरहेकोप्रति यस सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँ जनता समाजवादी पार्टी, नेपाल संस्थापन पक्षमा यथावत् रहिरहनु भएको र अन्यत्र भने झैँ कुनै गुट वा दलसँग आबद्धता नरहेको जानकारीको लागी अनुरोध छ ।’ 

यसअघि जसपा नेपाल विभाजन गरेर बनेको अशोक राई नेतृत्वको जसपामा कार्कीको नाम समेत रहेको थियो । कार्की हाल वन तथा वातावरण राज्यमन्त्री रहेका छन् ।

dipak-press-b

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप