राज्यमन्त्री कार्की उपेन्द्रकै पक्षमा
सोमबार, २४ वैशाख २०८१, १२ : १९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको पक्षमा रहेका भनिएका राज्यमन्त्री समेत रहेका दीपक कार्कीले आफू संस्थापन (उपेन्द्र यादव) पक्षमै रहेको बताएका छन् । कार्कीका प्रमुख स्वकीय सचिव रामनारायण कापडले सोमबार विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा आएका समाचारको खण्डन गरेका छन् ।
‘अत्यन्त भ्रामक जानकारी सम्प्रेषण भइरहेकोप्रति यस सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँ जनता समाजवादी पार्टी, नेपाल संस्थापन पक्षमा यथावत् रहिरहनु भएको र अन्यत्र भने झैँ कुनै गुट वा दलसँग आबद्धता नरहेको जानकारीको लागी अनुरोध छ ।’
यसअघि जसपा नेपाल विभाजन गरेर बनेको अशोक राई नेतृत्वको जसपामा कार्कीको नाम समेत रहेको थियो । कार्की हाल वन तथा वातावरण राज्यमन्त्री रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण