किरण सिंह बोगटीले म्याराथनमा जिते स्वर्ण
शनिबार, २१ मङ्सिर २०७६, १० : १३
१
काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जितेका छन् । कैलाली घर भएका उनी एपिएफमा आवद्ध छन् ।
निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गर्दै उनले स्वर्ण जितेका हुन् । भारतका रासपाल सिंहलाई ४० सेकेण्डले पछि पार्दै उनले स्वर्ण हात पारेका हुन् ।
रजतमा चित्त बुझाएका भारतका सिंहले २ घण्टा २१ मिनेट ५७ सेकेण्डमा दूरी पूरा गरे ।