आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विभिन्न सात स्थानमा आगलागी, करोडौँको क्षति

सोमबार, २४ वैशाख २०८१, १२ : ५२
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । पछिल्ला २४ घण्टामा देशका विभिन्न स्थानमा भएका आगलागीका घटनामा करोडौँ रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

  • सल्यान, शारदा नगरपालिका-१० मदनास्थित जुकेनाखोला खरबारीमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँस्थित सिद्ध प्राथमिक विद्यालय मदना स्कुलमा समेत आगलागी हुँदा स्कुलभित्र रहेका बेन्च, डेस्क र पुस्तक समेत जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
  • यसैगरी सल्यान, कुमाख गाउँपालिका-५ झ्यामबारी गाउँस्थित काफलगेडी सामुदायिक वनमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही स्थानका १ वटा घर र ४ वटा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् । 
  • रूपन्देही, बुटवल उपमहानगरपालिका-८ सुख्खानगर मिलिगिरी पथस्थित ब्याडमिन्टन हलमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा हलभित्र रहेको पर्दा, लाइट र टिन पूर्ण रूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
  • तेह्रथुम, फेदाप गाउँपालिका-२ गम्बु चोक बस्ने ४२ वर्षीय बिशाल भण्डारीको कच्ची गोठमा आइतबार राति लागेको आगो फैलिएर गोठ नजिकै रहेको घरमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ४३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
  • सिन्धुली, कमलामाई नगरपालिका-६ गैरी बजार बस्ने प्रर्मिला देवी साहको घरमा रहेको भोला फेन्सी स्टोरमा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा स्टोर पूर्णरूपमा जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
  • सिरहा, नरहा गाउँपालिका-२ स्थित हिमालय सुगर मिल्स प्रालिको कम्पाउन्डभित्र राखिएको उखुको शिटी (भुषमा) आइतबार राति आगलागी हुँदा करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
  • दाङ, राप्ती गाउँपालिका-१ पखापानीस्थित गंज बहादुर बिष्टको जिआर फर्निचरमा सोमबार बिहान आगलागी हुँदा काठ चिर्ने मेसिन लगायतका सामान जलेर करिब ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप