आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लागु औषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

सोमबार, २४ वैशाख २०८१, १२ : ४८
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानबाट लागु औषधसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

  • काठमाडौँ, चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्रामसहित चितवन भरतपुर महानगरपालिका-१८ बस्ने २६ वर्षीय नजिन थापा मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण ब्यूरो नागढुङ्गा शाखाबाट खटिएको संयुक्त टोलीले नारायणघाटबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ज ००५१ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 
  • कैलाली, गोदावरी नगरपालिका-६ बढैयाबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्रामसहित सोही नगरपालिका-६ बस्ने २७ वर्षीय जय किशन चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
  • मोरङ, सुन्दरहरैचा नगरपालिका-७ डाँडागाउँबाट अवैध लागु औषध गाँजा करिब ५ सय ग्रामसहित सोही नगरपालिका-७ बस्ने ६३ वर्षीय देव चौधरी र सोही नगरपालिका-७ बस्ने वर्षीय ३८ वर्षीय दुर्गा प्रसाद फुयाँललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा प्र.१-०२-०५३ प ९०३१ नम्बरको मोटरसाइकल मार्फत गाँजा ओसार पसार गरी बिक्रीको लागि ल्याइदिने गरेको भनी खुल्न आएपछि  उक्त मोटरसाइकल चालक केराबारी गाउँपालिका-४ बस्ने ३१ वर्षीय सुविन राई समेत २ जनालाई करिब २ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको छ । 
  • बाँके, बैजनाथ गाउँपालिका-४ जनमत टोल बस्ने ३२ वर्षीय मनोज थापा समेत २ जनालाई अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले मनोजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप