हिरामण्डीको सेटमा अदिति रावलाई राखियो भोकै
नयाँ दिल्ली । सञ्जय लिला भन्सालीको वेब सिरिज हिरामण्डीले आजभोलि निकै चर्चा बटुलिरहेको छ । यस सिरिजमा बलिउड अभिनेत्री अदिति राव हैदरीले बिब्बो जानको भूमिका निर्वाह गरेकी थिइन् ।
उनको यो भूमिकाको अहिले निकै तारिफ भइरहेको छ । हिरामण्डीको सेटमा एक दिन अदितिले रिसाएको दृश्य दिनु थियो । सो दृश्यलाई पर्फेक्ट बनाउन निर्देशक भन्सालीले उनलाई दिनभरि भोकै राखिदिए ।
बलिउड हंगामासँगको एक अन्तरवार्तामा अदितिले भन्सालीसँग काम गर्दाको अनुभव सुनाएकी थिइन् । उक्त दृश्य खिच्दाखेरि अदिति राम्रोसँग रिसाउनै सक्दिनथिन् । यो देखेर भन्साली उनलाई जिस्काउँथे । ‘मैले रिसाउने दृश्य भनी भने तिमी साज शृङ्गार गरेर लभ सिन गर्छौ ।’
भन्सालीले अदितिलाई भनेका थिए । अदितिका लागि रिसाएको दृश्य दिनु सबैभन्दा गाह्रो थियो । ‘त्यस दिन हामीले २–३ टेक गर्यौ र त्यसपछि भन्सालीले मसँग केहीबेर कुरा गरे । उनीसँग कुरा गरेपछि मलाई अर्कै संसारमा भएको अनुभूति भयो । उनले सम्झाएपछि मैले दृश्यको मर्म बुझ्न सकेँ’ अदितिको भनाई छ ।
त्यसपछि भन्सालीले सेटमा अदितिबाहेक सबैलाई खाना खान दिए । खाजा खान नपाएको झोकमा अदितिले रिसाएको दृश्य सजिलैसँग राम्रो तरिकाले दिन सकिन् । भन्सालीको फिल्म निकै भव्य हुने अनि यसका लागि उनले निकै मिहेनत गर्ने पनि उनले बताइन् । हरेक कलाकारहरूबाट ‘वेस्ट पफर्मेन्स’ निकाल्न उनलाई आउने अदितिको भनाई छ ।
हिरामन्डी नेटफ्लिक्समा मे १ मा रिलिज भएको थियो । यस सिरिजमा मनीषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, फरदीन खान, शेखर सुमन र तह शाह बदुशा जस्ता कलाकारहरूको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण