‘पिँजडामा पालिएका कुखुराबाट उत्पादित अण्डा र मासु अस्वस्थकर’
काठमाडौं । पिँजडामा पालन गरिएको कुखुराबाट उत्पादन भएको अण्डा र मासु खानका लागि स्वस्थकर नहुने एक कार्यक्रममा सहभागी वक्ताले बताएका छन् ।
उनीहरुले देशका अधिकांश ठाउँमा पिँजडाभित्र कखुुरापालन गरिँदै आएकाले पिँजडामुक्त खोरका बारेमा चेतना जगाउनुपर्ने औँल्याए ।
पिँजडामुक्त खोरको प्रयोग र विस्तारका लागि अभियान चलाएको एनिमल नेपालद्वारा आयोजित कार्यक्रममा उपभोक्ता मञ्चका अध्यक्ष सहदेव गौतमले जीवनयापनका लागि पशुपक्षीलाई पनि उपयुक्त वातावरण चाहिने भएकाले पशु अधिकारका विषयमा मानिस सचेत हुनुपर्ने बताए ।
“मानिसले पशुपक्षीको अधिकार हरन गर्ने काम गरेका छन्”, उनले भने, “पशुपक्षीको अधिकारको विषयमा सरकार गम्भीर बन्नुपर्ने देखिन्छ ।”
एनिमल नेपालका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले प्राकृतिक वातावणमा रमाएर हुर्किएको पशुपक्षीको मासु, दूध र अण्डाबाट मात्र आवश्यक पौष्टिक तत्व पाइने बताए ।
“औषधि र सुईको प्रयोगले उत्पादन वृद्धि गर्ने गरिएको छ”, उनले भने, “प्राकृतिक र अर्गानिक वस्तुको सेवनमा जोड दिई मानव स्वास्थ्यको क्षेत्रमा संवेदनशील बन्न अति आवश्यक छ ।”
जोशीले १२० दिनको अवधिमा तयार हुने ब्वायलर कुखुरालाई औषधि सेवन गराई ३५ दिनमै तयार गर्न लागिएको बताए ।
पशुकल्याणको विश्वव्यापी मान्यतालाई स्थापित गर्नका लागि अभियान सञ्चालन गरिएको उनले बताए ।
संस्थाका कार्यक्रम संयोजक निर्मल शर्माले पहिलो चरणमा काठमाडौँ र चितवनमा अभियान सञ्चालन गरिएको बताए ।
“मुलुक कुखुरा र अण्डामा आत्मनिर्भर भएको छ”, उनले भने, “आत्मनिर्भर भएरमात्र पुग्दैन, स्वस्थकर वस्तुको उत्पादनमा विशेष जोड दिनुपर्छ ।”
रेष्टुरेन्ट व्यवसायी हरिप्रसाद भेटवालले मानिसको स्वास्थ्यसँग सरोकार राख्ने विषयहरुमा सबैको सहकार्य आवश्यक रहने बताए । उनले राज्यका नीतिनिर्माण तहमा बस्ने व्यक्तिहरु पनि उपभोक्ता नै भएकाले उपभोक्ता अधिकार हननका विषयमा चनाखो हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् बैठक अघि विपक्षी दलहरू छलफलमा
-
आईपीएलमा आज : हैदराबादको वर्चश्व तोड्ला पञ्जाबले ?
-
'जनयुद्धका चिठी' पुस्तक सार्वजनिक
-
युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो : उपराष्ट्रपति यादव
-
गैरआवासीय नेपाली नागरिकताको थप कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
नयाँ इतिहास लेख्दै लेभरकुजन, अपराजित भएर लिग जित्ने पहिलो टोली बन्यो