नयाँ इतिहास लेख्दै लेभरकुजन, अपराजित भएर लिग जित्ने पहिलो टोली बन्यो
म्युनिख । बायर लेभरकुजन पूरै सिजन अपराजित रहँदै बुन्डेस लिगा जित्ने पहिलो टोली बनेको छ । योसँगै टोलीको अपराजित रहँदै ट्रेबल जित्ने सम्भावना कायम रहेको छ ।
यसअघि नै उपाधि सुनिश्चित गरिसकेको ज्याभी ओलन्सोको टोलीले शनिबार घरेलु मैदानमा अग्सबर्गलाई २–१ गोलले हराउँदै नयाँ इतिहास रच्न सफल भएको हो । लेभरकुजन सबै प्रतियोगिताका ५१ खेलमा अपराजित रहेको छ ।
टोलीले यूईफएको ५९ वर्ष पुरानो कीर्तिमान पनि भंग गरिसकेको छ । यसअघि पोर्चुगिज टोली बेनफिकाले सन् १९६३ देखि १९६५ को बिचमा ४९ खेलमा अपराजित रहेको थियो ।
लेभरकुजनले यो सिजन बुन्डेस लिगामा ३४ खेलमध्ये २८ मा जित हासिल गर्न सफल रह्यो । यसक्रममा टोलीले ८९ गोल गर्दा मात्र २४ गोल खाएको छ ।
अब थप दुई खेल जिते टोली अपराजित रहँदै ट्रेबल जित्ने पहिलो टोली बन्नेछ । लेभरकुजनले बुधबार यूरोपा लिगको फाइनलमा एटलान्टाको सामना गर्नेछ भने ३ दिनपछि जर्मन कपको फाइनलमा काइसरस्लाउटर्नसँग भिड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण