गैरआवासीय नेपाली नागरिकताको थप कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली नागरिकताको विषय प्रभावकारी कार्यान्वयनमा जाने बताएका छन् । गैरआवासीय नेपाली नागरिकता पाएपनि मान्य नभएको सरोकारवालाले गुनासो गरिरहेको बेला प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
अमेरिकाबाट प्रकाशित पत्रिका हिमालय खबर मिडिया इन्कका प्रबन्ध सम्पादक एवं नेपाल अमेरिका पत्रकार संघ (नेजा) का निवर्तमान अध्यक्ष विकासराज न्यौपानेले प्रधानमन्त्रीसँगको भेटका क्रममा गैरआवासीय नेपाली नागरिकता नाममात्रैको भएको भन्दै गुनासो पोखेका थिए ।
उनले नेपालमा जग्गा किनबेच गर्न खोज्दा मालपोत कार्यालय चितवनले गैरआवासीय नेपाली नागरिकता स्वीकार नगरेको र नेपाली नागरिकसरहको हदबन्दीमा जग्गा किनबेच गर्न नदिएको गुनासो गरेका थिए ।
यस्तै उनले प्रवासी नेपालीलाई विभेदबाट मुक्त गरिदिन पनि आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्रीले गैरआवासीय नेपाली नागरिकताको थप कार्यान्वयन गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेको न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण