आईपीएलमा आज : हैदराबादको वर्चश्व तोड्ला पञ्जाबले ?

हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज ‘डबल हेडर’ खेलिनेछ। आजको पहिलो खेल सनराइजर्स हैदराबाद र पञ्जाब किंग्सबिच हुनेछ । खेल दिउँसो ३ः४५ बजेदेखि घरेलु मैदान हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ ।
दुवै टोली यो सिजन दोस्रो पटक आमनेसामने हुँदैछन् । पछिल्लो खेलमा हैदराबादले पञ्जाबलाई उसैको घरेलु मैदानमा २ रनले पराजित गरेको थियो । दोस्रो खेल राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबिच साँझ ७ः४५ बजेदेखि बार्सपारा क्रिकेट स्टेडियम गुवाहाटीमा हुनेछ ।
आज दुवै टोलीको सिजनको अन्तिम लिग खेल हुनेछ । हैदराबादले १३ खेलमा ७ जित र ५ हार बेहोरेको छ । टोली अङ्क तालिकाको तेस्रो स्थानमा छ । टोली यसअघि नै प्लेअफमा पुगिसकेको छ। यता पञ्जाब भने प्लेअफमा छनोट हुन सकेन । पञ्जाबले १३ खेलमध्ये ५ जित र ८ हारका साथ १० अङ्कसहित ९ नम्बरमा छ ।
- हेड टू हेड
आईपीएलमा हैदराबाद र पञ्जाबबिच कुल २२ खेल खेलिएका छन् । हैदराबादले १५ खेलमा र पञ्जाबले ७ खेलमा जित हात पारेको छ ।
यता राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा दुई टोलीहरूबिच ८ खेलहरू भएका छन्, जसमध्ये हैदराबादले ७ खेल र पञ्जाबले मात्र १ खेल जित्न सकेको छ ।
- खेलाडीहरूको फर्म
हैदराबादका लागि तीन खेलाडीले ३ सयभन्दा बढी रन बनाएका छन् । जसमा ट्राभिस हेड, हेनरिक क्लासेन र अभिषेक शर्मा पर्छन्।
हेड ४ सय ४४ रन बनाएर टिमका सर्वाधिक रन बनाउने खेलाडी हुन् । बलरमध्ये टी नटराजन र कप्तान प्याट कमिन्सले राम्रो प्रदर्शन गरिरहेका छन् । नटराजन १५ विकेट लिएर टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन् ।
यता पञ्जाबका लागि शशांक सिंह, जोनी बेयरस्टो र प्रभसिमरन सिंह राम्रो लयमा छन् । टोलीका लागि शशांक सिंहले सर्वाधिक ३५२ रन बनाएका छन् । बलिङमा हर्षल पटेल शीर्ष स्थानमा छन् । उनले १३ खेलमा २२ विकेट लिएका छन् ।
- टिम अपडेट
पञ्जाबका साम करन र जोनी बेयरस्टो इङ्ल्यान्ड फर्किएका छन्। साम करनको स्थानमा जितेश शर्मालाई पञ्जाब किंग्सको कप्तान बनाइएको छ । पञ्जाब किंग्सले आफ्नो आधिकारिक वेबसाइटमा यो जानकारी दिएको हो।
- पिच रिपोर्ट
राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालाको पिच ब्याटिङ मैत्री छ। यस रंगशालामा हालसम्म ७६ आईपीएल खेल खेलिएका छन्, जसमध्ये ३४ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ भने ४२ खेल पछ्याउने टोलीले जितेको छ । यहाँको उच्चतम टोली स्कोर २७७/३ हो, जुन यस वर्ष हैदराबादले मुम्बई इन्डियन्सविरुद्ध बनाएको थियो।
- मौसम अवस्था:
हैदराबादमा आइतबार वर्षाको सम्भावना ४ प्रतिशत छ। दिनको समयमा धेरै कडा घाम हुनेछ। तापक्रम २५ देखि ३५ डिग्री सेल्सियसको बिचमा हुनेछ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ