भारतले ल्याएको नागरिकता संशोधन विधेयकबाट चिन्तित भएको संयुक्त राष्ट्रसंघको टिप्पणी
एजेन्सी । संयुक्त राष्ट्र संघको मानवअधिकार आयोगले भारतको नागरिकता संशोधन विधेयकलाई लिएर चिन्ता व्यक्त गरेको छ । उसले यस विधेयकलेबाट नागरिकबीचमा भेदभाव हुने बतायो ।
शरणार्थीको लागि संयुक्त राष्ट्र संघीय उच्च आयुक्तको कार्यालय(यूएनएचसीआर)ले एक वक्तव्य जारी गर्दै भन्यो ,‘ भारतको नयाँ नागरिकता संशोधन विधेयकको प्रकृति विभेदकारी भएकोप्रति हामीलाई चिन्ता लागेको छ ।’
राष्ट्रसंघद्वारा जारी बिफ्रिङमा भनिएको छ, ‘उक्त संशोधित विधेयकमा धार्मिक अल्पसंख्यक ,विशेषगरी अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट सन् २०१४ अघि आएर बसोबास गरेका हिन्दु, शिख, जैन, फारसी र क्रश्चियन नागरिकलाई भारतीय नागरिकता उपलब्ध गराउने बताइएको छ । तर, धार्मिक अल्पसंख्यककै रुपमा रहेका मुस्लिमहरुलाई उक्त विधेयकमा समेटिएको छैन ।’
यूएनएचसीआरले प्रवासीहरुको अवस्था जस्तो भए पनि तिनको सम्मान, सुरक्षा र मानवाधिकार हासिल गर्ने अधिकार भएको उल्लेख गरेको छ ।
भारतमा नागरिकता विधेयको विरोधमा हिंसात्मक झडप तथा भोक हड्ताल भइरहेका छन् । विभिन्न मुलुकहरुले भारतको उत्तरपूर्वी क्षेत्रको भ्रमण नगर्न आफ्ना नागरिकलाई सचेत गराएका छन् ।
यूएनएचसीआरको प्रवक्ताको तर्फबाट जारी बयानमा यस विधेयकलाई लिएर भारतको सर्वोच्च अदालतबाट सकारात्मक कदमको आशा गर्न सकिने लेखिएको छ ।
सर्वोच्च अदालतले नयाँ कानुनको समिक्षा गर्दै र यो कानून अन्तराष्ट्रिय मानवाधिकार सम्बन्धमा भारतले जनाएको प्रतिवद्धता अनुरुप भए नभएको सावधानीपूर्व समिक्षा गर्ने आशा व्यक्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण