शोलेमा अभिनय गरेकी नायिका गिता सिद्धार्थको निधन
सन् १९७०–८० को दशकमा बलिउड फिल्मकी चर्चित अनुहार गिता सिद्धार्थको निधन भएको छ । गत शनिबार उनले मुम्बईमा अन्तिम सास फेरिन् । सन् १९७२ मा फिल्मी यात्रा सुरुवात गर्ने गिता ‘गर्म हवा’, ‘परिचय’, ‘त्रिशुल’, ‘शोले’ जस्ता फिल्ममा देखिइसकेकी छिन् । उनले आफ्नो चार दशक लामो करियमा बलराज साहनी, जितेन्द्र, जया भादुडीजस्ता बलिउड हस्तीसँग काम गरेकी छिन् ।
नायिकाले आफ्नो बलिउड डेब्यू सन् १९७२ मा रिलिज भएको गुलजार निर्देशित परिचयबाट गरेकी थिइन् । यो फिल्ममा उनीबाहेक जितेन्द्र मुख्य भूमिकामा थिए । फिल्मको निर्माण वी के सोबतीले गरेका थिए । दिवंगत नायिकालाई सन् १९७३ मा रिलिज भएको एमएस सत्यूको फिल्म ‘गर्म हवा’ का लागि चिनिन्छ । नायिका एवं समाजसेवी रहेकी गिताले टेलिभिजन प्रस्तोता र डकुमेन्ट्री निर्माता सिद्धार्थ काकसँग विवाह गरेकी थिइन् । उनकी छोरी अन्तरा पनि डकुमेन्ट्री निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण