कीर्तिपुरमा दुई महिने बालक र सुत्केरी मृत भेटिए
काठमाडौंको कीर्तिपुरमा निसास्सिएर आमा र छोराको मृत्यु भएको छ ।
कोठा तातो बनाउन भन्दै कोइला बालेर सुतेका ३२ वर्षीय शर्मिला रञ्जितकार र उनका २ महिनाको छोराको मृत्यु भएको हो । कोठामा सँगै सुतेका शर्मिलाका श्रीमान् नमराज रञ्जितकार बिरामी भएका छन् ।
जाडो मौसम भएको र सुत्केरी भएको कारण सानो कोठामा सबै झ्याल ढोका बन्द गरी कोइला बालेर सुतेका उनीहरुमध्ये शर्मिला र दुई महिनाको बालक बिहान मृतअवस्थामा फेला परेका हुन् ।
बिहान श्रीमती र छोरालाई उठाउँदा नउठेपछि घचघच्याउँदा मृत्यु भइसकेको पाएपछि नमराजले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले रातोपाटीलाई बताए ।

Photo: kirtionline
बिहान ७ बजे खबर पाउनेबित्तिकै पुगेको प्रहरीले शर्मिलाका श्रीमान नमराजलाई पनि बिरामी अवस्थामा फेला पारेको थियो । नमराज अहिले हिँड्न नसक्ने अवस्थामा रहेको प्रहरीले बताएको छ ।
वृत्तका डिएसपी कामतीका अनुसार एउटा सानो कोठा भाडामा लिएर उनीहरु बस्दै आएका थिए । दुई महिनाकी सुत्केरी शर्मिला र छोरालाई चिसोबाट बचाउनका लागि राती कोइला बालेर सुतेको नमराजले प्रहरीसमक्ष बताएका छन् । तर एउटामात्रै रहेको झ्यालको सिसा बन्द गरेको र ढोकासमेत थुनेर सुतेको कारण अक्सिजनको अभावमा निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीकाने अनुमान छ ।
तर मृत्युको कारण यही हो भनेर अहिले नै भन्न नसकिने र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी कामतीले बताए ।
जाडो समयमा कोठा बन्द गरी आगो बाल्दा अक्सिजनको अभाव भई निसास्सिएर मृत्यु हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण