आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

एनआरटीको विजयी सुरुवात

मङ्गलबार, ०१ पुस २०७६, १४ : ४८
मङ्गलबार, ०१ पुस २०७६

काठमाडौ । एनआरटी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा मंगलबार भएको खेलमा एनआरटीले सरस्वती क्लबलाई ४–० गोलले हरायो ।

एनआरटीको जितमा सरोज तामाङले दुई गोल गरे । विदेशी खेलाडी जुनियर र जोर्डन एन्डेम्बाले एक एक गोल गेरेका थिए । जितसँगै एनआरटीले तीन अंक बनाएको छ । यद्यपी अघिल्लो लिगका अन्तिममा परेका कारण यसपटक एनआरटीको दुई अंक घटुवा हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप