अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई
सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिकास्थित अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि सुन्दरहरैँचा नगरपालिकाले जितेको छ । नगर खेलकुद विकास समितिद्वारा आयोजित सुकुना माविको खेल मैदानमा आज भएको फाइनलमा लेटाङ नगरपालिकालाई पराजित गर्दै सुन्दरहरैँचाले उपाधि उचालेको हो ।
सुन्दरहरैँचाले लेटाङलाई पहिलो सेटमा २५–१० र दोस्रो सेटमा २५–१४ साथै तेस्रो सेटमा २५–१५ ले पराजित गरेको थियो । खेलमा रतुवामाही नगरपालिका भने तेस्रो भएको छ ।
मोरङका आठ पालिकाको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने सुन्दरहरैँचा नगरपालिकाले रू ६७ हजार पाँच सय तथा दोस्रो हुने लेटाङ नगरपालिकाले रू ३३ हजार सात सय ५० का साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको फाइनलमा मोरङ जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई, आयोजक समितिका अध्यक्ष तथा नगर प्रमुख केदारप्रसाद गुरागाई, नगर उपप्रमुख अकली चौधरी, समितिका सदस्य सचिव खड्गबहादुर श्रेष्ठलगायतले विजेता उपविजेता र उत्कृष्ट भएका खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।
प्रमुख अतिथि मोरङ जिल्ला समन्वय समितिका प्रमुख राईले खेलकुदले गाउँ नगरलाई मात्रै नभएर देशलाई चिनाउने भएकाले यसको थप विकासमा सम्बन्धित पक्ष लाग्नुपर्ने बताए । खेलको महत्व दर्साएर महिला खेलाडीलाई उचित साथ सहयोग गर्न जरूरी रहेको उहाँले उल्लेख गरे ।
तीन दिनसम्म सञ्चालन भएको जिल्लाको पहिलो पालिका स्तरीय महिला भलिबल प्रतियोगितामा लेटाङ, सुन्दरहरैँचा, पथरी, बुढीगङ्गा, रतुवामाई, कानेपोखरी, बेलबारी, केराबारीलगायतका पालिकाका टिमहरूले सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण