स्वास्थ्य प्रणालीमा सुधार ल्याउन रोग लाग्न नदिने अवस्था बनाउनुपर्छ : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य प्रणालीमा सुधारका लागि रोग लाग्न नदिने अवस्था बनाउन लाग्नुपर्ने बताएका छन् ।
काठमाडौँ महानगरपालिका वडा नं ३० मा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको दोस्रो वार्षिकोत्सवका अवसरमा आज स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गर्दै उनले स्वास्थ्य प्रणालीमा सुधार गर्न रोग लाग्नुअघि नै निधानात्मक उपाय प्रवर्धनमा जोड दिनुपर्ने बताएका छन् ।
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले रोग लागेपछि मात्र अस्पताल जाने प्रचलन रहेकामा स्वास्थ्य प्रणालीमा सुधार ल्याएर रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे । “ठूलो रोग लागे गरिबीमा फस्ने अवस्था छ, स्वास्थ्य प्रणालीलाई सुधार गर्दै नागरिकलाई निरोगी राख्न र उपचार गनुपर्ने अवस्था आउन नदिन सहरी स्वास्थ्य केन्द्रको अवधारणा ल्याइएको हो”, उनले भने ।
उनले स्थानीय सरकारले प्राथमिक स्वास्थ्य र नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नतर्फ ध्यान दिन पनि आग्रह गरे । नागरिकले पनि स्वास्थ्य जीवनशैलीमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
महामन्त्री थापाले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र वडावासीको स्वास्थ्यसँग सम्बन्धित सबै विषयको विवरण राख्ने, स्वास्थ्य परीक्षण गर्ने, विभिन्न रोग लाग्नै नदिन जनचेतना फैलाउने र सहुलीयत दरमा औषधिको व्यवस्था गर्ने उद्देश्यले स्थापना भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण