शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मनाङको विजयी सुरुवात

बुधबार, ०२ पुस २०७६, २० : २१
बुधबार, ०२ पुस २०७६

काठमाडौं । साबिक विजेता मनाङ मस्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशालामा बुधबार भएको खेलम मनाङले विभागीय टोली नेपाल एपीएफ क्लबलाई २–० गोलले हरायो । मनाङले दुवै गोल पहिलो हाफमा गरेको थियो । मनाङको जितमा विमल राना नायक बने ।

दुई गोल गरेका विमलले २८औं मिनेटमा खाता खोलेका थिए । विमलले जजित       श्रेष्ठको पासमा पोस्ट् नजिकबाट हेट गोल गरेका थिए । ६ मिनेट लगत्तैै दोस्रो गोल गरेका विमलले डीबक्स भित्र घम्साघम्सीबीच पाएको बलमा जाली चुमाएका थिए । 

खेलको म्यान अफ दी म्याच भएका उनले १० हजार रुपैयाँ पुरस्कार पाए । मध्यभागमा आकर्षक फुटबल खेलेको एपीएफको फिनिसिङ पक्ष कमजोर बन्यो । दोस्रो हाफमा मनाङलाई दबाब दिएको एपीएफले हारमा चित्त बुझायो । जितसँगै मनाङले तीन अंक बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप