काँग्रेसको सरकारले खोलेको हो शिक्षाको ढोका : नेता सिंह
महोत्तरी। पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालीलाई आफ्नै गाउँठाउँमा बसेर उच्च शिक्षा हासिल गर्ने वातावरण नेपाली काँग्रेसको सरकारले बनाएको बताएका छन् ।
महोत्तरीको जलेश्वरस्थित एड्भान्स लर्नर्स इङ्लिश बोर्डिङ माध्यमिक विद्यालयको २५औंँ वार्षिकोत्सवमा नेता सिंहले प्रजातन्त्रअघि नेपाली जनताले उच्च तथा समुचित शिक्षाको लागि भारतको दरभङ्गा जानुपर्ने अवस्था रहेकामा काँग्रेसको सरकार गठनपछि आफ्नै गाउँठाउँमा शिक्षा आर्जनको अवसर प्राप्त गरेको उल्लेख गरे ।
उनले प्रजातन्त्र बहालीपछि नेपालको गाउँगाउँ तथा टोलटोलमा विद्यालय स्थापना गराएर प्रत्येक नेपालीले मौलिक हककै रुपमा शिक्षा पाउनुपर्ने व्यवस्था ल्याएको बताए ।
नेता सिंहले वर्तमान सरकारले जनतामा बाँडेको समृद्धिको आश्वासन पूरा गर्न नसकेको आरोप लगाए । उनले शिक्षा, स्वास्थ्यलगायत समग्र क्षेत्रको विकासप्रति सरकार क्रियाशील बन्नुपर्दछ भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण