पार्टी दुर्घटना हुनबाट जोगाउन सबै एकजुट हुनुपर्छ : नेता सिंह
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र विधानअनुसार चल्न नसकेको बताएका छन् । बिपी कोइराला स्मृति ट्रष्टले ४४औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले वर्तमान पार्टी नेतृत्व विधि विधान अनुसार चल्न नसकेको आरोप लगाए ।
नेता सिंहले अलोकतान्त्रिक तवरले हिँडेको पार्टी नेतृत्वलाई विधि, विधान, पद्दति र अनुशासनमा हिँडाउनका लागि आफूहरु लागि परेको बताए ।
“पार्टीले बिपी कोइरालाले देखाएको बाटो बिराउँदै गइरहेको छ, पार्टी दुर्घटना हुनबाट जोगाउन सबै एकजुट हुनुपर्छ,” उनले भने ।
पार्टीका नेता एवं पूर्वमन्त्री डा रामशरण महतले पार्टी अहिले दुर्भाग्यपूर्ण मोडमा आएको बताए । “बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायका नेताको दर्शन, एकता र मेलमिलापको बाटोमा हिँड्न सबै एकजुट हुनुपर्छ,”–उनले भने ।
वरिष्ठ पत्रकार होमनाथ दाहालले मुलुक जोगाउनका लागि काँग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए । ट्रस्टका महासचिव एवं पूर्वसांसद रामचन्द्र पोखरेलले बिपी कोइरालाले देखाएको बाटोमा पार्टी हिँडेमात्र पार्टी बलियो हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिरिबन्धु टी स्टेट्बारे ओलीलाई देउवाको प्रश्न : आफूले गरेको कुरा गरेको हो भन्न किन आपत्ति ?
-
‘सकस’मा जम्दै राजु र अन्जुको जोडी
-
पार्टी विभाजनको समाचारले हामी पनि आत्तियौँ : माधव नेपाल
-
संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसले पठायो ‘एसएमएस’
-
भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीको सन्न्यास घोषणा
-
सामान्य विवादमा कञ्चनपुरमा एक पूर्वशिक्षकको हत्या