महिलामा पुरुषमा भन्दा १० गुणा बढी न्यूरोन, हुन्छ असाधारण क्षमता
स्कूल अफ ह्याप्पिनेसका संस्थापक एवं मन अनुसन्धानकर्ता हरि सिटौलाले पुरुषमा भन्दा १० गुणा बढी न्यूरोन महिलामा हुने भएकाले तिनसँग असाधारण क्षमता हुने बताएका छन् ।
पोखरामा भएको महिला सशक्तीकरण एवं उत्प्रेरणामूलक एकदिने तालीमका प्रमुख प्रशिक्षक सिटौलाले प्राकृतिक रुपमा महिला निकै शक्तिशाली भए पनि सामाजिक रुपमा कमजोर बनाइएको बताए । उनले भने, “महिलाले आत्मविश्वासबाट आफ्नो क्षमतालाई उजागार गरेर अघि बढ्न सके असाधारण सफलता हासिल गर्न सक्ने छन् ।”
गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले प्राकृतिक रुपमा महिला क्षमतावान् भए पनि सामाजिक रुपमा कमजोर चित्रण गरेर तिनको क्षमताको अवमूल्यन गरिएको बताइन् । अर्का प्रदेशसभा सदस्य मीना गुरुङले महिलाले कसैको दवाव र प्रभावबाट नभई आफ्नो स्वविवेक प्रयोग गरेर अघि बढ्न सके हरेक क्षेत्रमा सफल हुने धारणा राखिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै