स्ववियु निर्वाचन केन्द्रित नेविसंघको छलफल
काठमाडौं । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्ववियु निर्वाचन तयारीबारे छलफल गरेको छ । नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति केन्द्रिय क्याम्पस किर्तिपुरद्वारा आयोजित उपत्यका स्तरिय स्ववियु निर्वाचन तयारी छलफल भएको हो ।
छलफलले विभिन्न क्याम्पसको अवस्था बुझ्दै ४ बुँदे निर्णय गरेको नेविसंघ विश्वविद्यालय सचिव योगेन्द्र रावलले जानकारी दिए । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले फाल्गुन १४ गते गर्ने स्ववियु निर्वाचनलाई बैठक स्वागत गर्दै अबिलम्ब स्ववियु निर्वाचन कार्यतालिका माग गरेको छ ।
स्ववियु निर्वाचनमा होमिन देश भरका नेविसंघ सम्बद्ध विद्यार्थीलाई क्याम्पस –क्याम्पसमा जुट्न बैठकले अपिल गरेको छ । स्ववियु निर्वाचनको सहजताको निम्ति अबिलम्ब नेविसंघको तदर्थ केन्द्रिय समिति गठन गरी नेविसंघलाई जिताउन देश ब्यापी रणनैतिक अभियान सन्चालन गर्ने माउ काँग्रेससँग बैठकको माग छ ।
नेविसंघका निर्वतमान सह–महामन्त्री बलदेव तिमिल्सिनाले स्ववियु निर्वाचन अपरिहार्य भन्दै सम्पुर्ण रुपमा सहयोग गर्ने बताए । नेविसंघका निर्वतमान केन्द्रीय सदस्य सुशील भट्टले स्ववियु निर्वाचन केन्द्रित कार्यक्रम लिएर देशभरी नेविसं अगाडि बढने बताए ।
त्रिवी समिति सचीव योगेन्द्र रावलले नेबि संघ ले जितको सुरुवात त्रिभुवन विश्वविधालय बाटै गर्ने उद्द्घोष गर्दै ९५ प्रतिशत क्याम्पस जित्ने निर्णय गरेको अनेरास्ववियूलाई त्रिभुवन विश्वविधालय जितेर देखाउन चुनौती दिए ।
नेविसंघ त्रिवीका अध्यक्ष हरि आचार्यको संयोजनमा भएको छलफलमा नेविसंघका केन्द्रीय नेता तथा उपत्यका भित्र र बहिरका ईकाई अध्यक्ष एवम् पदाधिकारी को सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला