नेपालमा २३ प्रतिशत नागरिकलाई फोक्सोको क्यान्सर
काठमाडौं । नेपालमा २३ प्रतिशत नागरिकलाई फोक्सोको क्यान्सर भएको पाइएको छ । क्यान्सर रोगको समयमै पहिचान गरि उपचार गरेमा ३० देखि ५० प्रतिशत रोकथाम गर्न सकिने स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर रोशन पोखरेलले जानकारी दिए ।
समयमै क्यान्सर रोगको पहिचान गरि उपचार गरी खानपान जीवनशैली सकारात्मक परिवर्तन गर्न सकेमा निको हुन सक्ने पोखरेलको दाबी छ । यस्तै महिलाहरुमा पाठेघरको क्यान्सर १७ प्रतिशत र स्तन क्यान्सर १५ प्रतिशतलाई लाग्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा नयाँ क्यान्सरका बिरामी २६ हजार १ सय ८४ जना भेटिने गरेका छन् । त्यसमा पनि १९ हजार ४ सय १३ जना क्यान्सर रोगीको मृत्यु हुने गर्छ । क्यान्सरको समयमै पहिचान गरेर उपचार गर्ने र खानपान दैनिक जीवनशैलीलाई ध्यान दिएको खण्डमा निको हुनसक्ने डाक्टर पोखरेल बताउँछन् ।
एसियाका नेपाल लगायत अल्पविकसित मुलुकहरुमा समयमै क्यान्सर रोगको पहिचान भई उपचार हुने रोगीको संख्या ६० प्रतिशत रहेको छ । त्यस्तै शरीरका कलेजो, पेट, घाँटी,अण्डाशय लगायतका अंगहरुमा क्यान्सर लाग्नेहरुको संख्या ४५ प्रतिशत रहेको छ ।
नेपालमा क्यान्सर रोगका कारण बिरामीहरुको मृत्यु हुनुको मुख्य कारण अन्तिम समयमा उपचार गर्न आइपुग्ने प्रवृत्ति दोषी भएको डाक्टर पोखरेल बताउँछन् । क्यान्सर रोगको उपचार पनि सर्वसाधारण जनताको पहुँचमा पुग्न नसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण