शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा २३ प्रतिशत नागरिकलाई फोक्सोको क्यान्सर

मङ्गलबार, २१ माघ २०७६, १६ : २३
मङ्गलबार, २१ माघ २०७६

काठमाडौं । नेपालमा २३ प्रतिशत नागरिकलाई फोक्सोको क्यान्सर भएको पाइएको छ । क्यान्सर रोगको समयमै पहिचान गरि उपचार गरेमा  ३० देखि ५० प्रतिशत रोकथाम गर्न सकिने स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर रोशन पोखरेलले जानकारी दिए  ।

समयमै क्यान्सर रोगको पहिचान गरि उपचार गरी खानपान जीवनशैली सकारात्मक परिवर्तन गर्न सकेमा निको हुन सक्ने पोखरेलको दाबी छ । यस्तै महिलाहरुमा पाठेघरको क्यान्सर १७ प्रतिशत र स्तन क्यान्सर १५ प्रतिशतलाई लाग्ने गरेको  तथ्याङ्कमा उल्लेख छ । 

नेपालमा नयाँ क्यान्सरका बिरामी २६ हजार १ सय ८४ जना भेटिने गरेका छन् । त्यसमा पनि १९ हजार ४ सय १३ जना क्यान्सर रोगीको मृत्यु हुने गर्छ । क्यान्सरको समयमै पहिचान गरेर उपचार गर्ने र खानपान दैनिक जीवनशैलीलाई ध्यान दिएको खण्डमा निको हुनसक्ने डाक्टर पोखरेल बताउँछन् । 

एसियाका नेपाल लगायत अल्पविकसित मुलुकहरुमा समयमै क्यान्सर रोगको पहिचान भई उपचार हुने रोगीको संख्या ६० प्रतिशत रहेको छ ।  त्यस्तै शरीरका कलेजो, पेट, घाँटी,अण्डाशय लगायतका अंगहरुमा क्यान्सर लाग्नेहरुको संख्या ४५ प्रतिशत रहेको छ । 

नेपालमा क्यान्सर रोगका कारण बिरामीहरुको मृत्यु हुनुको मुख्य कारण अन्तिम समयमा उपचार गर्न आइपुग्ने प्रवृत्ति दोषी भएको डाक्टर पोखरेल बताउँछन् ।  क्यान्सर रोगको उपचार पनि सर्वसाधारण जनताको पहुँचमा पुग्न नसकेको उनले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप