ललिता निवास प्रकरणका दोषी कसैले पनि उन्मुुक्ति पाउनु हुन्नः माधव नेपाल
काठमाडौँ । नेपाल कम्युुनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एंव पूर्व प्रधानमन्त्री माधवकुुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुुक्ति पाउन नहुुने बताएका छन् ।
विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुुरा गर्दै उनले उक्त प्रकरणमा अनुुचित कार्य गरेर भ्रष्टाचार गर्ने जो भएपनि उन्मुुक्ति दिन नहुुने बताए ।
कोही निर्दोष मान्छे पर्न नहुने तर दोषी भए उम्कन पनि नहुने नेपालले बताए । नेता नेपालले सो घटनामा आफू दोषी नरहेको दाबी गर्दै आफू भ्रष्टाचार पनि नगर्ने र गर्नपनि नदिने मान्यताको मान्छे रहेको बताए ।
उनले आफ्नो पालामा उक्त जग्गामा नयाँ मोही बनाउने निर्णय नभएको प्रष्ट पारे ।। ‘कुुनै बाटो वनाउने विषयमा निर्णय गरिन्छ यदि वाटो वनाउदा भ्रष्टाचार भयो भने वाटो वनाउन निर्णय गर्ने प्रधानमंत्रीलाई दोषि भन्न मिल्दैन’, उनले भने ।
उनले ललिता निवास जग्गा प्रकारणमा कसैलाई पार्टीगत रुपमा मुुद्धा नलगाइएको दावी गरे । एमसिसीका विषयमा नेपालले परियोजनामा रहेका प्रावधानहरु नेपालको हितमा छन छैनन् भन्ने विषयमा गहन अध्यन गरेर चाँडो टुंगो लगाउनुपर्ने बताए ।
एमसीसीको विषयमा अध्ययन गर्न कार्यदल बनेको बताउँदै उनले कार्यदलले निष्पक्ष रुपमा काम गरेर यो विषय चाँडै टुुंग्याउनुु पर्ने बताए ।
नेता नेपालले सरकाले आफ्नो कामलाई तीव्रता दिएर समृद्ध नेपाल र सुुखि नेपालीको अभिभारालाई पुुरा गर्नुुपर्नेमा जोड समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण