आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ अफर, हप्तामा दुईजनालाई एक लाख उपहार

सोमबार, २७ माघ २०७६, १९ : १३
सोमबार, २७ माघ २०७६

काठमाडौं– डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ नामक अफर ल्याएको छ ।

जसअनुसार डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरे बापत एड अन प्याकेज सहित विक्ली लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ र हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति एक लाख नगद उपहार जित्नेछन् ।

विक्ली लक्की ड्र कार्यक्रम २०७६ माघ २७गते देखि बार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागी मात्र लागु हुनेछ । विक्ली लक्की ड्र २०७६ फागुन २ गतेबाट डिशहोमको शोकेस च्यानल नं. १०० मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण हुनेछ ।

प्रत्येक हप्ताको शुत्रबार देखि बिहिबारसम्म बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई आउने शुक्रबारको लक्की ड्रमा समावेश गरिनेछ । फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नेे ग्राहकहरुलाई मात्र विक्ली लक्की ड्रमा समावेश गरिने छ ।

समावेश भएका ग्राहकहरुको डिश होम सेट–टप बक्सको सीएएस आइडीको आधारमा विजेताको घोषणा गरिने छ । बिजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने छ ।

नेपाल भरि रहेका जुन सुकै डिशहोमका डिलरहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सकिने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप