आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सुनिलले ल्याए ‘रोगै पिरती’

मङ्गलबार, २८ माघ २०७६, १९ : १५
मङ्गलबार, २८ माघ २०७६

काठमाडौं । गायक सुनिल गिरीको नयाँ गीत ‘रोगै पिरती’ अहिले चर्चामा छ । केही दिन अगाडि म्युजिक भिडियो सहित सार्वजनिक गीतको भिडियो गाउँले परिवेशमा तयार पारिएको छ ।

भिडियो हेर्दा हरेक प्रेमील जोडीले आफ्नो वैशाँलु उमेरमा बिताएको प्रेम र विछोडका विभिन्न चरणहरुलाई महसुस गर्न सकिन्छ ।

गायक स्वयम्को अभिनय रहेको गीतको भिडियोमा समिक्षा क्षेत्रीको अभिनय देख्न सकिन्छ । मनोज कार्कीको सम्पादन रहेको भिडियोको निर्देशन अनिलकृष्ण मानन्धरले गरेका हुन् । निर्देशक मानन्धरकै छायांकन रहेको गीतको एजेन्ज, कम्पोज पनि गायक गिरीकै हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप