संसद्
राष्ट्रियसभाको बैठक समय पनि दुई घण्टा सारियो
आइतबार, ०६ जेठ २०८१, १३ : १२
काठमाडौँ । राष्ट्रियसभाको बैठक समय सरेको छ । आइतबार बिहान बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार दिउँसो सवा एक बजेका लागि तय भएको बैठक दुई घण्टा पछि बस्नेगरी सारेको हो ।
राष्ट्रियसभा कार्य व्यवस्था परामर्श समितिको बैठकले आज १ः१५ को लागि तोकिएको बैठक ३ः१५ बजेका लागि सार्ने निर्णय गरेको हो ।
यसअघि प्रतिनिधिसभाको ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि सारिएको छ । सहकारीको रकम हिनामिनाबारे संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत भए पनि त्यसको कार्यादेशमा सहमति जुट्न ढिलाइ हुँदा संसद् बैठक प्रभावित हुन गएको हो । कार्यदल स्तरमा कार्यादेशबारे सहमति जुटाउन नेताहरूबिच छलफल जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण