भारतमा मिनीबस दुर्घटना हुँदा ६ जना नेपाली तीर्थयात्रीको मृत्यु
काठमाडौं । भारतको सलेम बेंगलरु नेशनल हाइवेमा मिनीबस दुर्घटना हुँदा ६ जना नेपाली तीर्थयात्रुको ज्यान गएको छ । बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा २ जना महिला ४ जना पुरुष रहेका छन् ।
उक्त बसमा ३४ जना यात्रु थिए । घटनामा १८ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बेंगलरुतर्फ जाँदै गर्दा राजमार्गमा अर्को बससँग ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार ५६ वर्षीय गोपाल तामाङ, ६० वर्षीय विष्णु दाहाल, ४६ वर्षीय वीरबहहादुर राई, ५० वर्षीय टीकाराम र ५० वर्षीया बेलुकारी चौधरीको पहिचान खुलेको छ । प्रहरीले दुबै बसका चालकलाई नियन्त्रणमा लिएको छ ।
उक्त गाडीमा रहेका एक तीर्थयात्री अमरनाथ चौधरीका अनुसार सबै जना नेपालको सुनसरी जिल्ला बासी रहेको हुन् । उनीहरु माघ २३ गत ३५ दिनको तीर्थयात्राका लागि भारत गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण