खोकनालाई पुरानै स्वरुपमा फर्काइने
ललितपुर । यही फागुन ९ देखि शुरु भएको खोकना महोत्सव करीब ४० हजार दर्शकको अवलोकन तथा रु एक करोड कारोवार भई आज समापन भएको छ । ललितपुर महानगरपालिका वडा नं २१ खोकनामा भएको महोत्सवको समापन गर्दै प्रतिनिधिसभा सदस्य पम्फा भुसालले खोकनामा घरबास सञ्चालन गरी यसलाई थप पर्यटकीय क्षेत्र बनाइने बताइन् ।
सो अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले खोकनालाई पुरानै स्वरुपमा फर्काउन मन्त्रिपरिषद्ले योजना अघि बढाएको आफूले पाएको जानकारी दिए । सांसद नवराज सिलवालले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन खोकना महोत्सव सफल भएको विचार राखे । सांसद कृष्णलाल महर्जनले प्राचीन एवं मौलिक सांस्कृतिक सम्पदाको धनी खोकनालाई पर्यटकको आकर्षण बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले महोत्सवले खोकनाको पहिचान र मौलिकता जगेर्नामा सहयोग गरेको विचार व्यक्त गरे ।
महोत्सवका करीब ११० कक्षमा तोरीको तेल, नेवारी खाजा, हरियो तरकारी, हस्तकलाका सामग्री, चामल, चिउरा तथा पुराना भाँडाकुँडा, गोरखाभूकम्पका अवशेष आदि राखिएका थिए । काठमाडौँ उपत्यकाका साथै मकवानपुर, काभ्रेपलाञ्चोक, रुपन्देहीसमेतका दर्शक महोत्सवमा सहभागी भएको महोत्सवका संयोजक तथा ललितपुर २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक समय पनि दुई घण्टा सारियो
-
राजेशपायलले मस्कटमा गुन्जाए दर्जन गीत
-
‘गिरीबन्धु टी–स्टेटको जग्गाबारे निर्णय नीतिगत भ्रष्टाचार हो, छानबिन हुनुपर्छ’
-
मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा
-
तौल घटाउन यसरी गर्नुस् चिया सिडको प्रयोग
-
प्रहरी जवानको हत्यामा संलग्न नाबालकसहित ७ जना सार्वजनिक