शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बाँसबारीको तेस्रो जित

आइतबार, १८ फागुन २०७६, १९ : १८
आइतबार, १८ फागुन २०७६

काठमाडौं । बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा तेस्रो जित निकालेको छ ।

एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा बाँसबारीले मध्यपुर युथ एसोसियसनलाई ५–२ गोलले हरायो । बाँसबारीको जितमा सुलेमान थापामगर र सजिन थापामगरले दुई दुई गोल गरे । सुरेश कुमालले थप एक गोल गरे ।

मध्यपुरका धिरज श्रेष्ठ र सन्नी लामाले एक एक गोल फर्काए । जितसँगै बाँसबारीले नौ अंक बनाएको छ । बाँसबारी शीर्ष स्थानमा उक्लिएको छ । मध्यपुरको भने यो लगातार तेस्रो हार हो । लिगमा ‘बी’ डिभिजनमा रहेका १२ क्लबको सहभागिता रहेको छ ।

लिगको विजेता टोलीले १५ लाख, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । लिग विजेता टोली ‘ए’ डिभिजनमा बढुवासमेत हुनेछ । अन्तिममा रहने टोली रेलिगेसनमा पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप