बारम्बार गेट ढक्ढकाउँदा रिसाएका १५ वर्षका किशोरद्वारा ६ वर्षीया बालिकाको हत्या, शव खेतमा फ्याँके
भारतको अलवर जिल्लाको तिजारा क्षेत्रको सलारपुर गाउँमा १५ वर्षका किशोरले ६ वर्षीया बालिकाको घाँटी रेटी हत्या गरेका छन् । बालिकाको हत्या गरेपछि उनले शवलाई खेतमा फ्याँकेको बताइएको छ । आरोपीले हत्या गर्नुको जुन कारण बताए, त्यो चकित पारिदिने किसिमको छ । बालिकाले उनको घरको ढोका बारम्बार ढक्ढकाएकोले रिसमा बालिकाको हत्या गरेको आरोपीले बताए । पुलिसले आरोपीलाई पक्राउ गरेको छ ।
पुलिसका अनुसार बालिकाको घर उनको घर पछाडि छ । पीडित परिवारका सदस्यले बाटो छोटो पर्छ भन्दै उनको घरबाटै आवतजावत सुरु गरेका थिए । त्यसका लागि बारम्बार गेट खोल्नुपर्दथ्यो । शनिबार बेलुका करिब ४ बजे बालिकाले त्यहि बाटो हिँड्न गेटमा ढक्ढकाइरहिन् ।
घरमा एक्लै थिए आरोपीः
भारतीय मिडिया भास्करका अनुसार घटनाका बेला घरमा कोही पनि थिएन । उनी रिसले चक्कु हातमा लिएर गेट खोल्न गए । गेट खोल्ने बित्तिकै उनले बालिकालाई भित्र लगेर घाँटी रेटिदिए । पुलिसका अनुसार आरोपीका पिताको मृत्यु भइसकेको छ भने आमाले दोस्रो विवाह गरेकी छिन् । आरोपी तथा उनका दुई भाइलाई उनका फूपूले लालनपालन गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण