कोरोनाले आईपीएल पनि सर्यो
शुक्रबार, ३० फागुन २०७६, १७ : ०९
एजेन्सी । कोरोना भाईरसका कारण चैत १६ गतेदेखि सुरु हुने इन्डियन प्रिमियर लिग (आईपीएल) सरेको छ । कोरोना भाईरसको सन्त्रासका कारण आईपीएल केही समय पर सारिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ । आईपीएल अब बैशाख ३ गतेदेखि सुरु हुनेछ ।
आईपीएल दर्शकविना खाली स्टेडियममा सञ्चालन गरिने पनि बीसीसीआईले उल्लेख गरेको छ । बीसीसीआईले आईपीएलमा सहभागी फ्रेन्चाइज टोलीसँगको छलफलपछि आईपीएल सारेको हो । भारत सरकारले वैशाख ३ गतेसम्म सबै भिसा बन्द गरेको छ । भारत सरकारले कोरोना भाईरसबाट सजक रहन आगमी सुचना नआएसम्म दिल्लीमा कुनैपनि ठूला खेलकुद गतिबिधी सञ्चालन नगर्न सुचना समेत जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश : जेठ तेस्रो साताभित्र संसदीय समितिको सभापति चयन गरिने
-
कतारबाट अर्काले पठाएको ७० ग्राम सुन र आइफोन पचाउन अपहरणको नाटक
-
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त
-
अन्योलमा संसद् बैठक : बानेश्वरमा विभिन्न पक्षबिच छलफल जारी
-
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक शुक्रबारसम्म स्थगित
-
कर्णालीमा एमालेभित्रको विवादले पाएन निकास, शपथ बहिष्कार गरेका शाह हटाइए