पुनरावलोकनबारे के भन्छ सरकारी पक्ष ?
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालतले सफाइ दिएपछि सरकारी वकिल कार्यालयले भने अहिले कुनै निर्णय नलिने बताएको छ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले हाल फैसलाको राय मात्र सार्वजनिक भएको सार्वजनिक सञ्चार माध्यमबाट सुनेकोले सर्वोच्च जाने बारे यसै भन्न नसक्ने बताए ।
‘उच्च अदालतले सफाइ दिएको सुनेका छौँ । के आधारमा र कसरी सफाइ दियो हामीलाई जानकारी छैन,’ दाहालले भने ‘हाल संक्षिप्त आदेश मात्र गरेको छ । केही समयमा फैसलाको पूर्णपाठ आउँला अनि निर्णय लिइन्छ । ’
फैसलामा अध्ययन गरेर पुनरावलोकन गर्ने निर्णय गरिने उनले बताए । जिल्लाको फैसला बदर भई १० वर्षभन्दा माथि सजाय हुनुपर्ने माग गरेकोमा पूर्ण रूपमा सफाइ दिनुको आधार र कारणहरू आउलान् अनि त्यसपछि महान्यायाधिवक्ता कार्यालयले प्रक्रियासम्मत रूपमा निर्णय लिने उनको दाबी छ।
सन्दीपको मुद्दा सर्वोच्चमा लैजानका लागि उच्च सरकारी वकिलको कार्यालयले टिप्पणी उठाउनुपर्ने छ। त्यसबाट उठेको टिप्पणीका आधारमा महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन गर्नेछ।
सरकारी पक्षले एक तह मात्र पुनरावेदन गरेकाले सर्वोच्चसम्म पुग्न सक्ने देखिन्छ । जिल्लाले दोषी ठहर गरेको र उच्चले सफाइ दिएका कारण यो एक तहमा पुनरावेदन हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण