चोर्नकै लागि हवाईजहाजमा यात्रा
काठमाडौँ । सार्वजनिक बस, रेल लगायतका यातायातका साधनमध्ये चोरीको मामिलामा हवाईजहाज सुरक्षित मानिन्छ । तर एक यस्ता चोर पक्राउ परेका छन्, जसले अरुका गहना, नगद लगायतका जिन्सी सामान चोरी गर्नकै लागि बारम्बार हवाई यात्रा गर्दै आएका थिए ।
भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ११ अप्रिलमा एक महिलाले हवाई यात्राका क्रममा आफ्नो गहना चोरी भएको उजुरी दिएकी थिइन् । सोही विमानस्थलमा २२ फेब्रुअरीमा अमेरिका निवासी एक यात्रीले आफ्नो ब्यागबाट २० लाख भारु बराबरको गहना चोरी भएको उजुरी दर्ता गराएका थिए ।
विमानस्थलमा तैनाथ प्रहरीले यी दुवै उजुरीमाथि अनुसन्धान गर्दा दुवै घटनामा एकै प्रकृतिको चोरी भएको पायो । त्यसपछि ती दुई दिन सम्बन्धित विमानबाट ओर्लिएका यात्रीको बारेमा सीसीटीभी फुटेजमार्फत अनुसन्धान थाल्यो ।
प्रहरीले दुवै दिन यात्रा गर्ने एक व्यक्तिको पहिचान गर्न सफल भयो । तर ती व्यक्तिले नक्कली परिचयका आधारमा यात्रा गरेको तथ्य प्रकाशमा आयो । यहाँसम्म कि उनले आफ्नो नाम र सम्पर्क नम्बरसमेत गलत टिपाएको पाइयो । त्यसपछि प्रहरीले प्राविधिक पक्षमा जोड दिएर ती व्यक्तिमाथि अनुसन्धान थाल्यो ।
निकै ठुलो मेहनतपछि प्रहरीले उनलाई दिल्लीको पहाडगंजस्थित एक गेस्ट हाउसबाट नियन्त्रणमा लियो । प्रहरीका अनुसार राजेश कपुर नाम गरेका ती युवक चोरी गर्नकै लागि हवाईजहाजमा यात्रा गर्ने गरेको खुलेको छ ।
उनले हवाईयात्राका क्रममा आफूले चोरी गर्ने गरेको पनि स्वीकार गरेको बताइएको छ । विमानमा चढ्न होड हुने, सामान राख्ने क्रममा भिडभाड भएको मौका छोपेर उनले गहना तथा नगद चोरी गर्ने गरेको बताएका छन् ।
उनले आफ्ना दिवंगत भाइको नाममा यात्रा गर्ने गरेको पनि खुलासा भएको छ । सुरुवातमा रेलमा आफूले चोरी गर्ने गरेको र चोरीमा सफलता मिल्दै गएपछि हवाईजहाजमा चोरी गर्न थालेको पनि उनले प्रहरीसमक्ष बताएका छन् ।
उनले भारतका आन्तरिक उडानमा दुई–तीन दिन बिराएर यात्रा गर्दै आएको पनि खुलेको छ । विदेश जान लागेका तथा एक्लै यात्रा गर्ने वृद्धवृद्धालाई उनले आफ्नो निसाना बनाउने गरेको प्रहरीको भनाइ छ ।
चोरी गरेको गहना उनले शरद जैन नाम गरेको सुनचाँदी व्यवसायीलाई बेच्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले ती व्यवसायीलाई पनि पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण