राम्रा योजनालाई निरन्तरता दिन्छौँ : मुख्यमन्त्री महरा
बिहीबार, ०३ जेठ २०८१, १५ : ३७
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले अघिल्लो सरकारका राम्रा योजनालाई निरन्तरता दिने बताएका छन् ।
बिहीबार बुटवलमा ‘स्थानीय सरकारका प्रवक्ताको भूमिका तथा जिम्मेवारी’ विषयक प्रशिक्षण कार्यक्रमको समापन समारोहमा मुख्यमन्त्री महराले संस्थागत योजनाहरूलाई प्राथमिकतामा राख्ने र विगतका राम्रा योजनाहरूलाई समेत निरन्तरता दिइने बताएका हुन् ।
उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा उत्पादन र रोजगारी सिर्जनातर्फ ध्यान दिइने बताए ।
लुम्बिनी प्रदेशका ३९ वटा स्थानीय सरकारका प्रवक्ताहरूको सहभागिता रहेको कार्यक्रममा मुख्यमन्त्री महराले स्थानीय सरकारका जनप्रतिनिधिले प्रदेश सरकारलाई चोर बाटोबाट बजेट पार्न बाध्य नपार्न अनुरोध समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण