ट्रेकिङमा हराएका दुई पर्यटकको उद्धार, हेलिकप्टरबाट काठमाडौँ पठाइयो
पोखरा । ट्रेकिङका लागि मुस्ताङ पुगेर सम्पर्कविहीन भएका दुई पर्यटकलाई प्रहरीले उद्धार गरेको छ । उनीहरूलाई बिहीबार प्रहरीले उद्धार गरेको हो ।
काठमाडौँको हिमालयन ओन्ड्रस ट्रेकिङ एजेन्सीले भारतीय ट्रेकिङ टोलीलाई थोरङ पासका लागि पठाएको थियो । १० जना पर्यटक र नेपाली गाइड पोटर ६ सहित १६ जना मुस्ताङ गएकामा दुई जना सम्पर्कविहीन भएका थिए ।
वारागुङ मुक्ति क्षेत्र गाउँपालिका २ स्थित मुस्ताङ र मनाङको सिमानामा पर्ने थोरङ पास गरी मुक्तिनाथतर्फ झर्ने क्रममा उनीहरू बेपत्ता भएका हुन् ।
मुम्बई बस्ने टोनी पर्मर र अमज्योति पर्मर खराब मौसमका कारण हराएका र दुवै जनाको उद्धार भैसकेको डीएसपी भोजराज पाण्डेले बताए । उनीहरू श्रीमान् श्रीमती हुन् ।
‘खबर पाएपछि हामी गयौँ । उनीहरूलाई थोरङपासको तल्लो टी शपमा फेला पार्यौं,’ उनले भने, ‘अवस्था सकुशल छ ।’
दुवै जनालाई हेलिकप्टरबाट काठमाडौँ पठाइएको पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण