विषाक्त मदिरा सेवन गरी मृत्यु भएका परिवारजनलाई ३ लाख रुपैयाँ राहत
सोमबार, ०३ चैत २०७६, ०९ : ५२
जनकपुुर । धनुषाको क्षीरेश्वरनाथमा अवैध मदिरा सेवन गरी मृत्यु भएका परिवारजनलाई प्रदेश सरकारले प्रतिपरिवार ३ लाख रुपैयाँका दरले क्षतिपुर्ति दिने निर्णय गरेको छ ।
प्रदेश २ सरकारको सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित रमदैयामा अवैधरुपमा उत्पादन गरेको विषादीयुक्त मदिराको सेवनवाट ज्यान गुमाएकाको परिवारजनलाई प्रदेश सरकारले ३/३ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको हो ।
स्थानीय तह र प्रहरी प्रशासनले दिने प्रतिवेदन अनुसार पीडित परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।
यससँगै मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नम्बर २ लाई मदिरामुक्त प्रदेश बनाउने अभियान संचालन गर्ने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण