दिल्लीमा अलपत्र २८ नेपाली २४ घण्टापछि नेपाल फर्किए
काठमाडौँ । दिल्ली एयरपोर्टमा अलपत्र परेका २८ नेपालीहरु २४ घण्टापछि नेपाल फर्किएका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासले पहल गरेपछि मात्र उनीहरू करीब २४ घन्टापछि शनिबार बिहान काठमाडौं आर्लेका छन् ।
युएईबाट एयर इण्डिया फ्लाइटमार्फत नयाँ दिल्ली हुँदै नेपाल आउँदै गरेका उनीहरुलाई कोरोना टेष्टका नाममा एयरपोर्टमा केहि समय रोकेपछि उनीहरु अलपत्र परेका थिए । एयर इन्डियाको लापरबाहीको कारण अनाहकमा दिल्ली एयरपोर्टमा बिचल्ली भोग्नुपरेको उनीहरूको गुनासो थियो ।
कोरोना चेक गर्ने भन्दै समय लम्बिएपछि जहाज छुटेको र अहिले नेपाल जान ४० हजारदेखि ६० हजार भारतीय रुपैयाँ तिरेर टिकट काट्नुपर्ने पीडित नेपालीहरुले बताएका छन् ।
कोरोना टेस्ट भन्दै कहिले अध्यागमन त कहिले स्वास्थ्य परीक्षण गर्ने ठाउँमा घुमाइएको र अन्ततः जहाज छुटेको पीडित पुजा डंगोल बँताउछिन् । उनी भन्छिन्, ‘हामीले ओर्लेदेखि नै भनेका थियौं एयर इन्डियाको फ्लाइटका बारेमा तर, हाम्रो कुरा नै सुनुवाई भएन ।’
आफ्ना ट्रान्जिट यात्रुहरू दिल्ली ओर्लेका तीन घन्टा बितिसक्दा पनि एयर इन्डियाले कुनै चासो नदेखाएको पिडित नेपालीहरूको गुनासो थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण