यसरी भयो तनहुँको निर्वाचन क्षेत्र निर्धारण, कहाँ कुन क्षेत्र ?
तनहुँ- प्रतिनिधिसभा सदस्यका लागि तनहुँमा दुई निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । यसअघि तनहुँमा तीन निर्वाचन क्षेत्र रहेको थियो । त्यस्तै प्रदेश सभाका लागि ४ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको तनहुँमा निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबार प्रधानमन्त्रीलाई बुझाएको निर्वाचन क्षेत्र निर्धारण प्रतिवेदनमा प्रतिनिधि सभा तर्फ २ वटा र प्रदेश सभाका लागि ४ वटा निर्वाचन क्षेत्र निधारण गरेको हो ।
प्रतिनिधि सभा अन्तरगत मादी नदीलाई सिमाना बनाई वरिपारी १/१ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । प्रतिनिधि सभा अन्तरगत १ र २ क्षेत्रमा २/२ वटा प्रदेश निर्वाचन क्षेत्र गरी ४ वटा निर्धारण गरिएको हो ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र तर्फ जिल्लाका ५/५ वटा स्थानीय तह रहेका छन् । क्षेत्र नम्बर १ मा देवघाट, आँवुखैरेनी र बन्दीपुर गाउँपालिका, भानु नगरपालिकाका, व्यास नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३, १४ वडा रहेका छन् । भने क्षेत्र नम्बर २ मा शुक्लागण्डकी, भिमाद नगरपालिका, व्यास नगरपालिकाको वडा नम्बर ५, ६ नं. वडा, म्याग्दे, रिसिङ्ग र घिरिङ्ग गाउँपालिकालाई समावेश गरिएको छ ।
त्यस्तै, प्रदेश सभाका लागि तनहुँमा ४ वटा निर्वाचन क्षेत्र निधारण गरिएको छ । जिल्लाको भानु नगरपालिका, व्यास नगरपालिकाको २, ३, ४, ७, ८, ९ १०, ११ वडा गरि एउटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् भने अर्कोमा व्यास नगरपालिकाको १, १२, १३, १४ वडा, देवघाट, आँवुखैरेनी र बन्दीपुर गाउँपालिका प्रदेश सभा निर्वाचन क्षेत्रमा समावेश गरिएको छ ।
त्यस्तै शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिकाको ५ र ६ वडा, म्याग्दे गाउँपालिका अर्को प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ । रिसिङ्ग गाउँपालिका , घिरिङ्ग गाउँपालिका र भिमाद नगरपालिकालाई अर्को प्रदेश सभा निर्वाचन क्षेत्रमा समावेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको नेतृत्वका लागि ५ जनाबिच रस्साकस्सी
-
झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर
-
युरोप क्षेत्रीय सम्मेलन सफल बनाउन एनआरएनए युरोप सक्रिय
-
भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष जोडिए सुनचाँदी ठगी प्रकरणमा, बिचौलियाको भूमिका
-
बीमा रकम हत्याउन आफ्नै पसलमा चोरीको नाटक : सञ्चालक र कर्मचारी पक्राउ
-
दुई हप्तामा इरान, पाकिस्तानबाट ८५ हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण