बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

पहिराले कर्णाली करिडोर अवरुद्ध

बुधबार, २७ जेठ २०८३, १८ : १८
बुधबार, २७ जेठ २०८३

कालीकोट। पहिराले कर्णाली करिडोर अवरुद्ध भएको छ ।

मङ्गलबारदेखि वर्षाका कारण कर्णाली करिडोरअन्तर्गतको कालीकोट खण्डमा पर्नेे नरहरिनाथ गाउँपालिका–१ लालीघाटदेखि भौतेकुना, सान्नीत्रिवेणी गाउँपालिका–१ को रेगिल खण्ड र पचालझरना गाउँपालिका–४ को घाटपारी सडकखण्ड अवरुद्ध भएको हो।

वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएका कारणले कर्णाली करिडोरअन्तर्गत कालीकोट सडकखण्ड अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा तीन सयभन्दा बढी यात्रु बाटोमै अलपत्र परेका प्रहरी नायव उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिए। वर्षा नरोकिएका कारण पहिरो पन्छाउन उपकरण प्रयोग गर्न नसकिएको उनले बताए।

आज बिहानैदेखि डोजरले पहिरो पन्छाउने प्रयास भइरहेको भए पनि झण्डै तीन किलोमिटर सडकमा लेदो बगेकाले पन्छाउन कठिन भएको प्रहरी नायव उपरीक्षक खत्रीले बताए। कर्णाली करिडोर हुँदै कालीकोटको रास्कोट, सान्नीत्रिवेणी, पचालझरना, बाजुरा र हुम्लाबाट आएका सवारीसाधन ठाउँ ठाउँमा रोकिएका छन्। बिरामी, परीक्षार्थी र काम विशेषले हिँडेका यात्रु लालीघाट, रेगिंल, सान्नीगाड र खुलालुमा अलपत्र परेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप