बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

९ महिनापछि ओलीको राजीनामा राजपत्रमा

बुधबार, २७ जेठ २०८३, १३ : ००
बुधबार, २७ जेठ २०८३

सारांश

  • ९ महिनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा राजपत्रमा प्रकाशित भएको छ ।
  • जेठ २५ गतेको सूचनाको रिफरेन्स नम्बर २६३७३ थियो भने बुधबार प्रकाशित सूचनाको रिफरेन्स नम्बर २६३७४ रहेको छ ।
  • राष्ट्रपति कार्यालयका तत्कालीन सचिव दीपक काफ्लेको नाममा उक्त राजीनामाको सूचना राजपत्रमा प्रकाशित भएको हो ।

काठमाडौँ । जेनजी आन्दोलनका कारण राजीनामा दिएको ९ महिनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा राजपत्रमा प्रकाशित भएको छ । 

भदौ २४ गते उनले दिएको राजीनामा मुद्रण विभागले बुधबार उक्त सूचना नेपाल राजपत्रमा प्रकाशित गरेको हो । उक्त प्रकाशनको रिफरेन्स नम्बर २६३७४ रहेको छ । जबकि जेठ २५ गते प्रकाशित सूचनाको रिफरेन्स नम्बर २६३७३ रहेको थियो । 

यद्यपि, राजपत्रको मिति भने भदौ २४ गतेकै राखिएको छ । राष्ट्रपति कार्यालयका तत्कालीन सचिव दीपक काफ्लेको नाममा उक्त राजीनामाको सूचना राजपत्रमा प्रकाशित भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप