बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

हालसम्मकै सर्वाधिक रेटिङ प्राप्त गर्दै ऐरी उक्लिए चौथो स्थानमा

बुधबार, २७ जेठ २०८३, १९ : ०१
बुधबार, २७ जेठ २०८३

काठमाडौँ । दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२०आई अलराउन्डर वरीयतामा हालसम्मकै सबैभन्दा बढी रेटिङ प्राप्त गर्दै चौथो स्थानमा उक्लिन सफल भएका छन् । 

बुधबार आईसीसीले अध्यावधिक गरेको वरीयतामा नेपाली टी–२० क्रिकेट टोलीको कप्तानी सम्हालिरहेका ऐरी चौथो स्थानमा उक्लिएका हुन् । उनले हालसम्मकै उत्कृष्ट २५६ रेटिङ पाउन सफल भए । यद्यपि यो ढाँचामा ऐरी विगतमा दोस्रो वरीयतासम्म आइपुगिसकेका छन् । 

नेपाली पुरुष टोलीले हालै सिंगापुरमा सम्पन्न एसियन गेम्स छनोटमा अपराजित रहेर च्याम्पियन बनेको थियो । अलराउण्डर वरीयताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् नै छन् । त्यस्तै भारतका हार्दिक पान्ड्या दोस्रोमै छन् भने तेस्रो स्थानमा पाकिस्तानका सयम अयुब रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप