बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर

बुधबार, २७ जेठ २०८३, १९ : ४१
बुधबार, २७ जेठ २०८३

म्याग्दी । त्रिपालले छाएको र बारेको छाप्रोमा बस्दै आएका म्याग्दीको मङ्गला गाउँपालिका–१ हर्कपलेका एक विपन्न परिवारलाई गाउँपालिकाले घर निर्माण गरिदिएको छ।

नागरिकतासमेत नभएका मीमबहादुर किसानको परिवारका लागि गाउँपालिकाले स्थानीय समुदायसँग समन्वय गरेर दुई कोठे घर निर्माण गरिदिएको हो। मङ्गला गाउँपालिका–१ का वडाध्यक्ष एकजित रोकाले सुरक्षित नागरिक आवास कार्यक्रममार्फत रु चार लाख बजेटबाट मीमबहादुरलाई घर बनाएर उपलब्ध गराएको जानकारी दिए।

“गाउँपालिकाको बजेट र पैयुपाँटा टोलका युवा तथा अगुवाहरूको सक्रियतामा मीमबहादुर बस्ने घर निर्माण गरिदिएका हौँ”, उनले भने, “यसअघि वि.सं. २०८० असार १९ गते उनलाई प्रशासन कार्यालयबाट नागरिकता दिलाइएको थियो ।”

ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका किसानका एक श्रीमती र तीन छोराछोरी छन्। उनीहरू यसअघि त्रिपालमुनि कपडा र बोराले बारेको झुपडीमा बस्दै आएका थिए ।

“घर बनेपछि झरीमा पानी चुहिने र हावाहुरी लाग्दा त्रिपाल उडाउने झुपडीको असहज र असुरक्षित बसाइँको अन्त्य भएको छ”, उनले भने, “हामीलाई घरमै सरकार आएको अनुभव भएको छ ।” घर बनाउने जग्गाजमिन भए पनि आर्थिक अभावका कारण निर्माण गर्न सक्नुभएको थिएन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप