नेपथ्यले ल्यायो मा-यो पिरतीले’ को भिडियो
काठमाडौं – चर्चित सांगीतिक ब्याण्ड नेपथ्यले १७ वर्षअघि सार्वजनिक गरेको गीत ‘मा-यो पिरतीले’ बोलको गीतले पहिलो पटक दृश्य पाएको छ ।
ब्याण्डले आफ्ना प्रसंसकका लागि यो गीतको भिडियो ल्याएको हो । ब्याण्डका मुख्य गायक अमृत गुरुङ आफैले यो गीत संकलन गरेका हुन् । सन् १९९७ मा उनी तेह्रथुमको वसन्तपुरबाट ताप्लेजुङतर्फ जाँदै गर्दा गीत संकलन गरेका थिए ।
नेपथ्यकै एल्बम ‘भेँडाको ऊनजस्तो’का लागि सन् २००३ मा यो गीत पहिलो पटक रेकर्ड गरिएको थियो ।
पुराना एल्बममा समेटिएका गीतहरुलाई पुनः ताजा बनाउँदै भिडियोका रुपमा युट्युबमा राख्ने र यसैका आधारमा प्रशंसकहरुसम्म प्रत्यक्ष सम्पर्क रहन नेपथ्यले यो गीत भिडियो ल्याएको जानकारी दिएको छ ।
भिडियो निर्माण नेपथ्यको व्यवस्थापक समेत रहेका नेपालयका किरणकृष्ण श्रेष्ठले गरेका हुन् । भिडियो अष्ट्रेलियामा छायाँकन गरिएको हो ।
भिडियोको छायाँंकन अष्ट्रेलियाको सांगीतिक यात्राका क्रममा दक्षिण अस्ट्रेलियाको अलडिंगा समुद्री किनारमा गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण