सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपथ्यले ल्यायो मा-यो पिरतीले’ को भिडियो

शुक्रबार, १९ वैशाख २०७७, ११ : ४९
शुक्रबार, १९ वैशाख २०७७

काठमाडौं – चर्चित सांगीतिक ब्याण्ड नेपथ्यले १७ वर्षअघि सार्वजनिक गरेको गीत ‘मा-यो पिरतीले’ बोलको गीतले पहिलो पटक दृश्य पाएको छ । 

ब्याण्डले आफ्ना प्रसंसकका लागि यो गीतको भिडियो ल्याएको हो । ब्याण्डका मुख्य गायक अमृत गुरुङ आफैले यो गीत संकलन गरेका हुन् । सन् १९९७ मा उनी तेह्रथुमको वसन्तपुरबाट ताप्लेजुङतर्फ जाँदै गर्दा गीत संकलन गरेका थिए ।

नेपथ्यकै एल्बम ‘भेँडाको ऊनजस्तो’का लागि सन् २००३ मा यो गीत पहिलो पटक रेकर्ड गरिएको थियो ।

पुराना एल्बममा समेटिएका गीतहरुलाई पुनः ताजा बनाउँदै भिडियोका रुपमा युट्युबमा राख्ने र यसैका आधारमा प्रशंसकहरुसम्म प्रत्यक्ष सम्पर्क रहन नेपथ्यले यो गीत भिडियो ल्याएको जानकारी दिएको छ ।

भिडियो निर्माण नेपथ्यको व्यवस्थापक समेत रहेका नेपालयका किरणकृष्ण श्रेष्ठले गरेका हुन् । भिडियो अष्ट्रेलियामा छायाँकन गरिएको हो । 

भिडियोको छायाँंकन अष्ट्रेलियाको सांगीतिक यात्राका क्रममा दक्षिण अस्ट्रेलियाको अलडिंगा समुद्री किनारमा गरिएको बताइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप