आप्रवासी श्रमिकद्वारा कतारमा विरोध प्रदर्शन
एजेन्सी । विरलै विरोधका आन्दोलनहरू हुने खाडी मुलुक कतारको राजधानी दोहास्थित एक जिल्लामा आप्रवासी श्रमिकहरूले आफ्नो ज्याला नपाएको भन्दै विरोध गरेका यहाँको सरकारी श्रोतले शनिबार बताएको छ ।
सामाजिक सञ्जालमा भाइरल बनेका तस्वीरमा करिब १०० भन्दा बढी व्यक्तिहरू राजधानी दोहाको महेरेब जिल्लामा मुख्य सडक अवरुद्ध गर्दै ताली बजाउँदै ज्याला पाउनुपर्ने मागसहित शुक्रबार विरोधमा सडकमा उत्रिएको देखाइएको छ भने प्रहरीहरूले उनीहरूलाई हेरिरहेको देखिएको छ ।
आफूहरूले पकाएको तलब दिन ढिलो र आनाकानी गरेको भन्दै केही प्रवासी कामदारले मे २२ मा मशिरेब क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरेका श्रम मन्त्रालयले शनिबार जारी एक विज्ञप्तिमा पुष्टि गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयले समस्याबारे तत्काल समस्याबारे छलफल गरेको र आउँदो दिनमा सबै तलब तुरुन्त भुक्तान हुने सुनिश्चित गर्न कदम चालेको छ ।’
कोरोनाभाइरसको महामारीका कारण कतिपय उद्योग तथा कलकारखाना तथा व्यवसायिक काम रोकिएको र कामदारलाई तलब दिनमा कठिनाई परेको भन्दै श्रमिकको पाउनुपर्ने ज्याला दिन ढिलाई गरेको हुनसक्ने मन्त्रालयले बताएको छ ।
तलब भुक्तान नगरेका कम्पनीहरूबिरूद्ध कानुनी कारबाही गर्न निर्देशन जारी गरिसकिएको मन्त्रालयले जानकारी गराएको छ । पेट्रोलियम पदार्थ तथा प्राकृतिक इन्धनका लागि समृद्ध खाडीमा लाखौं विदेशीहरू प्रायः भारत, पाकिस्तान, नेपाल र श्रीलंकाबाट श्रमका लागि अत्यधिक श्रमिक आउने गरेका छन् ।
उनीहरूमध्ये धेरै यस इलाकाका रमाईला गगनचुम्बी भवनहरू र मलहरूदेखि टाढा रहेका शिविरहरूमा बसी शहरमा काम गर्ने र श्रम र पसिनाबापतको पैसाले स्वदेशमा आफ्ना परिवारको खर्चमा सहयोग गर्ने गर्दछन् ।
सन् २०२२ को विश्वकप अगाडि देशले दर्जनौं ठूला आयोजनाहरू पूरा गरिसक्ने उद्देश्यका साथ कतारले देशको जनसङ्ख्याको झन्डै ९० प्रतिशत प्रवासी कामदारलाई भित्राएको छ भने अधिकांश आयोजनाहरू अन्तिम चरणमा रहेका छन् ।
तर कोरोनाभाइरस र यसको विनाशकारी आर्थिक प्रभावले धेरै कामदारहरूलाई प्रभावित पारेको छ र अरूलाई बेरोजगार, ज्यालाहीन र कहिलेकाहिँ बेइमान रोजगारदाताहरूको दयामा रहनुपर्ने बाध्यता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण